काठमाण्डौ । अन्‍तरराष्ट्रिय बजारमा सुनको मूल्‍य ७ महिना यताकै उच्‍तमा विन्‍दुमा पुगेको छ।

आज बुधाबार बिहानदेखि सुनको मूल्य प्रतिऔंस २ हजार ५२ अमेरिकी डलरमा कारोबार भएकोमा यो समाचार तयार पार्दासम्ममा प्रतिऔंस २ हजार ४५ प्रतिऔंसमा कारोबार भइरहको छ ।

अमेरिकि फेडरल रिर्जभ को ब्‍याजदर उच्‍चतम बिन्‍दुमा पुगिसकेको र आगामि दिनमा घट्दो क्रममा जाने प्रक्षेपणका बीच सुनको मूल्‍यमा बढोत्तरि भएको हो। 
बुधबार नेपाली बजारमा सुनको भाउ ऐतिहासिक १, लाख १९ हजार ३०० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको को छ। अघिल्लो दिन मंगलबार १ लाख १७ हजार ७०० मा कारोबार भयको सुना तोलामा बुधबार एकै दिन १ हजार ६००रुपैयाँ बढको छ।

त्‍यस्तै चाँदी ने तोलामा २० रुपैयाँ बृद्धि भएर १५२ रुपैयाँमा कारोबार भइरहेको छ ।

सुस्त आर्थिक गतिविधिले विश्वको अर्थतन्त्र र सेयर बजार नयाँ र अपरिरित गन्तव्यतर्फ लम्किरहेका बेला लगानीकर्ताको ध्यान भने सुुनले तानिरहेको छ । यो महिना अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यले कीतिमानी उचाइ कायम गरेको छ । अनिश्चितता बढ्दै गर्दा विज्ञहरुले बहुमूल्य पहेंलो धातुको रुपमा रहेको सुनको मूल्यले नयाँ उचाइ हासिल गर्न सक्ने बताएका छन् । 

किन बढिरहेको छ सुनको मूल्य ?
यो वर्षको सुरुवातदेखि अहिलेसम्म सुनको मूल्यमा वृद्धि देखिएको छ । सुन र अमेरिकी डलरबीच अप्रत्यक्ष अर्थात उल्टो सम्बन्ध रहेको छ । अमेरिकी डलरको मूल्य घट्दा सुनको मूल्य बढ्ने गर्दछ र बढ्दा घट्ने गर्दछ । सुनलाई नयाँ कोरोबार क्षेत्रमा प्रवेश गराएको छ । लगानीकर्तामा यसको कारोबारप्रति चासो जागेको छ ।

 यो सुन  खरिद  गर्ने उपयुक्त समय हो त ?
सुन बजारमा देखिएको बुलिस आउटलुकले भविष्यमा उच्च मुनाफा दिने सम्भावना देखाउँछ । सुनको मूल्य अझै पनि उच्च नै जाने र सुन बजारमा प्रवेश गर्न मूल्य पनि धेरै आवश्यक हुन्छ ।

यस बिषयमा सिंगापुुर बुुलियन मार्केट एशासियशनका सीईओ अल्बर्ट चेङ सुन कहिले खरिद गर्नेभन्दा पनि कति खरीद गर्ने भन्ने प्रश्न महत्वपूर्ण हुुने बताउँछन् ।

उनका अनुसार सुन खरिद गर्ने सही समय यो नै हो भन्ने हुँदैन । उनी प्रत्येक लगानीकर्तासँग आफ्नो पोर्टफोलियोमा सुन हुनुपर्ने मान्दछन् । सामान्यत वित्तीय परामर्शकर्ताहरुले पनि व्यक्तिको कुल पोर्टफोलियोको तुलनामा १ देखि ५ प्रतिशत सुनमा छुट्याउनुपर्ने बताउने गरेका छन् ।