Kumari Bank Limited
काठमाण्डौ । कुमारी बैंक लिमीटेडले निःशुल्क डिम्याट खाता खोल्ने व्यवस्था गरेको छ ।
साञ्जेन र रसुवागढी जलविद्युत आयोजनाको आइपीओलाई लक्षित गर्दै पछिल्लो समय निःशुल्क डिम्याट खाताको अफर सार्वजनिक गर्न बैंक तथा बित्तीय संस्थाहरुबीच होडबाजी नै चलेको छ । यही क्रममा कुमारीले पनि निःशुल्क डिम्याट खाता खोल्न सकिने अफर एक सूचनामार्फत सार्वजनिक गरेको हो ।
बैंकले यी दुुई जलविद्युत आयोजनाले जारी गर्न लागेको आइपीओका लागि सीआस्वामार्फत सेयर आवेदन दिन हितग्राही खाता(डिम्याट अकाउण्ट) अनिवार्य रहेको जानकारी गराउँदै योग्य आवेदकहरुले बैंकको कुनै पनि शाखाबाट डिम्याट खाता खोल्न सकिने प्रष्ट पारेको छ ।
इच्छुकले डिम्याट खाताका लागि आफ्नो नागरिकताको फोटोकपी, पासपोर्ट साइजकोफोटो तथा बैंक खाता नम्बर समावेश गरी बैंकको नजिकको शाखा कार्यालयमा सम्पर्क गर्न सक्ने बताइएको छ ।
बैंकले निःशुल्क डिम्याट खाताको साथमा निःशुल्क मेरो सेयर रजिष्ट्रेसन, निःशुल्क डिम्याट खाता स्थानान्तरण र निःशुल्क कारोबारको जानकारीको सुविधा समेत उपलब्ध गराइने बताएको छ ।
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago