काठमाण्डौ । कुमारी बैंक लिमिटेडको अगुवाई तथा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको सह–अगुवाईमा सेती खोला हाइड्रोपावर प्रा.लि.ले कास्की जिल्लाको पोखरा महानगरपालीकामा निर्माण गर्न लागेको २२ मेगावाटको विद्युत उत्पादन क्षमता रहेको सेतीखोला हाइड्रोपावर परियोजनामा कर्जा लगानी गर्नको लागि सहवित्तीयकरण सम्झौता भएको छ ।
असोज १८ गते आइतबार भएको सो सम्झौताअनुसार कुमारी बैंक लिमिटेडबाट रु. २ अर्ब र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडबाटरु. १ अर्ब २५ करोड गरी जम्मा रु. ३ अर्ब २५ करोड रुपैंया बराबरको कर्जा सीमा स्वीकृत भएको हो ।
कुमारी बैंक लिमिटेडको केन्द्रीय कार्यालयमा सम्पन्न उक्त सम्झौता हस्ताक्षर कार्यक्रममा कुमारी बैंक लिमिटेडको तर्फबाट नायव महाप्रबन्धक रामचन्द्र खनाल, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको तर्फबाट नायब प्रमुखकार्यकारी अधिकृत भुपेन्द्र पाण्डे र परियोजनाको तर्फबाट अनुप आचार्य लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा आचार्यले विद्यमान प्रतिकुल परिस्थितिका बाबजुद परियोजनामा लगानीका लागि सहवित्तीयकरण सम्झौता सम्पन्न हुँदा आफू उत्साहित भएको र परियोजना निर्माण कार्य द्रूत गतिमा संचालन गरी परियोजनाको अनिवार्य व्यवसायिक संचालन मितिभित्रै परियोजना सम्पन्न गरी संचालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरे ।
सोही कार्यक्रममा कुमारी बैंक लिमिटेडका नायव महाप्रबन्धक रामचन्द्र खनालले बैंकले हालसम्म ४९ वटा वटा विभिन्न परियोजनामा जम्मा रु.२२ अर्ब ८५ करोड बराबरको कर्जा सीमा स्वीकृत गरिसकेको बताए ।
यस्तै, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडका नायव कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेले नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले हालसम्म ७ वटा विभिन्न परियोजनामा जम्मा रु.८ अर्ब ३५ करोड बराबरको कर्जा सीमा स्वीकृत गरिसकेको जानकारी गराएका थिए ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago