काठमाण्डौ । कुमारी बैंक लिमिटेडले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १०.५२ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।

बैंक बुधबार बिहान बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरणको प्रस्ताव गरेको हो । बैंकले चुक्ता पुँजी ८ अर्ब ६८ करोड ५५ लाख ७३ हजार १२७.१५ रुपैयाँको १० प्रतिशतले हुन आउने ८६ करोड ८५ लाख ५७ हजार ३१२.७० रुपैयाँबराबरको बोनस सेयर र बोनस सेयर कर प्रयोजनार्थ ०.५२६ प्रतिशतले हुन आउने ४ करोड ५७ लाख १३ हजार ५४२.७७ रुपैयाँ नगद लाभांशका रुपमा वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि आगामी वार्षिक साधारणसभामार्फत पारित गरी सेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ ।