काठमाण्डौ । कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्ताव गरेको लाभांश संशोधन गरेको छ।
बैंक सञ्चालक समितिको गत शुक्रबार (कात्तिक २१ गते) बसेको सञ्चालक समितिको बैठकले प्रस्तावित लाभांशमा संशोधन गरेको छ। बैंकले लाभांश संशोधन गर्दै अब हाल कायम चुक्तापुँजीको १०.८५ प्रतिशतले हुन आउने बोनस सेयर र ३.१५ प्रतिशतले हुन आउने नगद लाभांश (करसहित) सेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेको छ।
नेपाल राष्ट्र बैंकबाट जारी इजाजतपत्र प्राप्त बैंक तथा तथा वित्तीय संस्थाको वार्षिक साधारणसभा प्रयोजनका लागि वित्तीय विवरण प्रकाशन गर्न सहमति प्रदान गर्ने तथा लाभांश स्वीकृति गर्ने कार्यविधि, २०७७ खण्ड (ख) लाभांश स्वीकृतिसम्बन्धी बुँदा नं. ११ को प्रावधान सम्मत हुने गरी पुनः संशोधन गरिएको बैंकले जनाएको छ। संशोधनसहित प्रस्ताव गरिएको कुल १४ प्रतिशत लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिने बैठकले निर्णय गरेको छ।
यसअघि गत कात्तिक ५ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि १० प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश गरी कुल १४ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो। यो हिसाबले संशोधित लाभांशमा बोनस सेयर बढेको छ भने नगद लाभांश घटेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19