काठमाण्डौ । बैंक तथा बित्तीय संस्थाहरुलाई विद्युतीय भुक्तानी प्रणालीमा आबद्ध गराउँदै लैजाने क्रममा नेपाल क्लियरिङ हाउस लिमिटेडले कृषि विकास बैंकसंग अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली सेवा सम्बन्धी सम्झौता गरेको छ । 

यस सम्झौतापत्रमा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडकातर्पmबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधान र कृषि बिकास बैंककातर्पmबाट प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौलाले हस्ताक्षर गरे । 

सम्झौताअनुसार नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले बैंकलाई अन्तर बैंक विद्युतीय भुक्तानी सेवा संचालनको लागि अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली(NCHL-IPS)उपलब्ध गराउनेछ ।

यो प्रणालीमार्फत कम्पनीसंग आवद्ध सदस्य बैंक तथा वित्तीय संस्थाहरुमा रहेका ग्राहकहरुको कुनै पनि खातामा भुक्तानी दिने र लिनेजस्ता कारोबारहरु पूर्णतया रुपमा संचालन गर्न सक्नेछन् । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले १ भाद्र २०७३ देखि सो प्रणाली संचालनमा ल्याएकोमा हालसम्म ग्राहकको रकम स्थानान्तरण, टे«जरी, सरकारी कारोबारको भुक्तानी, तलब भुक्तानी, रेमिटेन्स, डिभिडेन्ट पेमेन्ट र आइपीओ रिफन्डलगायतका भुक्तानी दिने सेवाहरु लागू गरीसकेकोमा अन्य प्रकारका भुक्तानी दिने तथा लिने सेवाहरु चरणबद्घ रुपमा लागू गर्ने योजना लिएको छ । यो सेवा ग्राहकले सदस्य बैंक वित्तीय संस्थाहरु माफ्र्mत प्राप्त गर्न सक्ने बताइएको छ ।

(NCHL-IPS) प्रणालीका लागि कम्पनीले ५९ बैंक तथा बित्तीय संस्थाहरुसँग प्रत्यक्ष सदस्यको रुपमा र ३ रेमिट कम्पनीसँग अप्रत्यक्ष सदस्यको रुपमा सम्झौता गरी यो प्रणाली संचलनमा ल्याएको छ । 

कृषि विकास बैंकसँगको सम्झौतापछि नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीमा ६३ सदस्यहरु आवद्ध भएका बताइएको छ ।