काठमाण्डौ । दसैँ तथा तिहारलाई लक्षित गरी ग्राहकको सुविधाका लागि कृषि विकास बैंकले विभिन्न शाखा खुला राखी सेवा प्रवाह गर्ने भएको छ । बैंकले दसैँको टिका र तिहारको भाइटिकाका दिनबाहेक विभिन्न शाखाहरु खुला राख्ने सूचना प्रकाशित गरेको छ । 

बैंकले उपत्यकाभित्रका काठमाण्डौको रामशाहपथस्थित कर्पोरेट बैंकिङ कार्यालयसँगै लगनखेल, पुतलीसडक, सल्लाघारी, चावहिल, कालिमाटी शाखा कार्यालयहरु दसैँमा असोज १९ गते (अष्टमी), २० गते (नवमी) र २२ गते (एकादशी) का दिन खुला राख्ने भएको छ । त्यस्तै गठ्ठाघर, बालाजु, नयाँबानेश्वर, सातदोबाटो र कलंकी शाखा भने तिहारका बेला कात्तिक १० गते (लक्ष्मी पूजा) र ११ गते (गवद्र्धन पूजा) दिन खुला राख्ने भएको छ । यी कार्यालयहरु बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मात्र खुला रहने छन् ।

त्यस्तै उपत्यका बाहिर बिर्तामोड, विराटनगर, इटहरी, धरान, फिक्कल, दमक, गाईघाट, लाहान, राजविराज, सिरहा, विशचोक, बर्दिबास, मलंगवा र जलेश्वर पनि दसैँका बेला असोज १९ गते (अष्टमी), २० गते (नवमी) र २२ गते (एकादशी) का दिन तथा तिहारका बेला कात्तिक १० गते (लक्ष्मी पूजा) र ११ गते (गवद्र्धधन पूजा) दिन खुला रहनेछन् । त्यस्तै वीरगन्ज शाखा कात्तिक ११ र १२ गते, हाकिमचोक शाखा असोज २० गते र सौरहा शाखा असोज १९ र २० तथा कात्तिक ११ गते खुला रहनेछन् ।

यसैगरी पोखरा शाखा असोज १९ र २० तथा कात्तिकको १० र ११ गते खुला रहनेछ भने भैरहवा शाखा असोज १९ र २० गते खुला रहने छ । 

यस्तै उपत्यकाबाहिर सिद्धार्थनगर शाखा तिहारका बेला कात्तिक १० र ११ गते खुला रहनेछ । बुटवल शाखामा भने दसैँका बेला असोज १९ र २० गते कारोबार हुनेछ । खस्यौली शाखा पनि तिहारका बेला कात्तिक १० र ११ गते खुला रहनेछ ।

घोराही शाखा भने असोज १९, २० र २२ गते खुला हुनेछ भने कात्तिक १० र ११ पनि कारोबार हुनेछ । धम्बोजी शाखा दसैँका बेला १९ र २२ गतेमात्र खुला रहनेछ भने तिहारमा कात्तिक १० गते कारोबार हुनेछ । 

यसैगरी सुर्खेत शाखा दसैँका बेला असोज १९ र २० गते तथा तिहारका बेला कात्तिक १० र ११ गते कारोबार सञ्चालन हुनेछ । धनगढी शाखामा भने ग्राहकहरुले दसैँका बेला असोज १९, २० र २२ गते सेवा पाउनेछन् भने कात्तिक १० र ११ गते कारोबार खुला रहनेछ ।

यसैगरी सुख्खड र महेन्द्रनगर शाखाहरु दसैँका बेला असोज १९, २० र २२ गते तथा तिहारका बेला कात्तिक १० र ११ गते खुला रहेनछन् ।

उपत्यका बाहिरका शाखाहरु पनि दसैँ र तिहारका बेला बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मात्र खुला रहेनछन् । दसैँ र तिहारका बेला कृषि विकास बैंकका शाखाहरुमा नगद जम्मा र भुक्तानमात्र हुनेछ ।