काठमाण्डौ । सरकारको समेत स्वामित्व रहेको कृषि विकास बैंकले समेत ऋणपत्र जारी गर्ने भएको छ ।
यो बैंकले जारी गर्न लागेको ऋणपत्रमा लगानी गर्नेहरुका लागि हाल वाणिज्य बंैकहरुले अफर गरेको भन्दा केही बढी ब्याजदर दिइनेछ ।
हाल बजारमा आइरहेका वाणिज्य बैंकका ऋणपत्रमा लगानी गर्नेले वार्षिक १०.२५ प्रतिशतसम्म ब्याज पाउँछन् । तर, कृषि विकास बैंकको ऋणपत्रमा भने १०.३५ प्रतिशत ब्याज पाइनेछ ।
बैंकले रु. २.५० अर्बको '१०.३५% एडीबिएल कृषि बैंक ऋणपत्र-२०८३' निश्कासनका लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ । बोर्डले बैंकको आवेदनलाई आफ्नो पाइपलाइनमा राखेको छ ।
बैंकले रु. १ हजार दरका कुल २५ लाख युनिट ऋणपत्र निश्कासन गर्न खोजेको हो ।
नेपाल राष्ट्रबैंकले मौद्रिक नीतिमार्फत बैंकहरुले कोर क्यापिटलको २५ प्रतिशतसम्म ऋणपत्र निश्कासन गर्नुपर्ने व्यवस्था गरेपछि एकपछि अर्को गर्दै ऋणपत्रहरु बजारमा आइरहेका छन् । बजारमा आउने यस्ता ऋणपत्रमध्ये धेरै कम बित्तीय संस्थाको ऋणपत्र मात्र सबै बिक्री हुन सकेका छन् ।
बैंकहरुले दीर्घकालीन प्रकृतिका कर्जा प्रवाह गर्ने, तर स्रोत भने अल्पकालीन खालका मात्र आएपछि मिसम्याच हुने गरेको थियो । यसलाई कम गर्न दीर्घकालीन स्रोतको रुपमा ऋणपत्रमा जान नीतिले प्रेरित गरेको हो ।
कृषि विकास बैंकको ऋणपत्रको निश्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटलले गर्नेछ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago