काठमाण्डौ । कृषि विकास बैंकले समेत आफ्ना सबै शाखा कार्यालयमार्फत आस्वा सेवालाई निःशुल्क गरेको छ । 

शुक्रबार एक सूचना प्रकाशित गर्दै कृषि विकास बैंकले ६३ जिल्लाका आफ्ना १८६ वटै शाखाबाट आस्वा सेवा निःशुल्क गरेको हो । 

यसअघि राष्टिय वाणिज्य बैंकले समेत आफ्ना देशभरका सबै शाखा कार्यालयमार्फत आस्वा सेवालाई निःशुल्क गरिएको बताएको थियो । 

अब ६३ जिल्लाका लगानीकर्ताहरुले कृषि विकास बैंकबाट समेत एफपीओ र आइपीओ भर्दा अनलाइनबाट आस्वा सेवा लिन सक्नेछन् । यसले विकट क्षेत्रमा समेत लगानीकर्ताहरुको सार्वजनिक निश्कासनमा पहुँच स्थापित हुने बैंकले जनाएको छ ।