काठमाण्डौ । विगत केही वर्षदेखि मानिसजस्तै देखिने रोबोट बनाउने होडबाजी चलिरहेको छ । तर के यस्ता मानिसजस्तै देखिने रोबोट खतरनाक हुन सक्छन् ? के यो भविष्यका लागि खतरापूर्ण छैन त ?

आइज्याक ऐसिमोवको रोबोटमा आधारित उपन्यास, १९८० को दशकको फिल्म जानी ५, हलिउड फिल्म एभेन्जर्सः द एज अफ अल्ट्रन र च्यानल ४ को साइन्स फिक्सन फिल्म ‘ह्युमन्स’ मा रोबोटलाई मानिससँगको निकै नजिकको सम्बन्धमा देखाइएको छ । यी फिल्ममा रोबोट्सका बच्चाहरु पनि छन् । जो भगवान र मानिसजस्तै चेतना भएको देखायएको छ । 

यद्यपि रोबोट कति जरुरी भन्ने सत्यता कति छ ? डा बेन गोएर्टजेलले एउटा आर्टिफिसियल इन्टेलिजेन्स सफ्टवेयर तयार गरेका छन् । यसका आधारमा सोफिया नाम एउटा रोबोट तयार गरिएको छ । जुन मानव सदृश्य रोबोट हो । यसलाई हङकङस्थित कम्पनी ह्यानसन रोबोटिक्सले बनाएको हो । 

डा बनेका अनुसार रोबोट्सलाई मानिसजस्तै देखाउनु जरुरी छ ता कि रोबोट्सलाई लिएर मानिसको मनमा जुन सन्देह छ, त्यो हटोस् । उनी भन्छन्, ‘आउने समयमा मानिसजस्तै देखिने रोबोट हुनेछन् किनकि मानिस तिनीहरुलाई मन पराउँछन् ।’

डा बनेको तर्कअनुसार यदि मानिसजस्तै देखिने रोबोट हुनेछन् भने मानिसले तिनीहरुलाई सजिलै आदेश दिन सक्नछन् । ‘सोफिया मानिसको आँखामा हेरेर मानिसकै जस्तै हाउभाउ गर्न सक्निछन्, जुन विल्कुल नयाँ अनुभव हो’, उनी भन्छन्।

हालसम्म २० वटा नयाँ सोफिया रोबोट तयार पारिसकिएको छ । जसमा ६ वटा पूरै विश्वभर प्रयोग भइसकेका छन् । यी रोबोट्सलाई भाषण र प्रविधि प्रशिक्षणका लागि प्रयोग गरिएका छन्। 

के रोबोट बिद्रोही हुन सक्छन् ?

इन्ट्युसन रोबोटिक्सका सहसंस्थापक तथा मुख्य कार्यकारी अधिकृत डा स्क्युलर रोबोट मानिसजस्तै देखिने र मानिसजस्तै कुराकानी गर्ने तर्कप्रति पूर्ण रुपमा अहमत छन् । उनी यस्ता कुराप्रति विमति जनाउँछन् । 

डा स्क्युलरको कम्पनी एलिक्यु नामक सानो आकारका सामाजिक रोबोट बनाउँछ । जसको उद्देश्यको वृद्धवृद्धालाई एक्लोपनाबाट टाढा गर्नु हो । यी रोबोट कुरा गर्न सक्छन् र सोधिएको प्रश्नको उत्तर पनि दिन्छन् । उनी भन्छन्, ‘जो मानिस एलिक्यु रोबोट प्रयोग गर्छन् उनीहरुलाई बुझाउनुपर्छ कि यो एउटा मेसिनमात्र हो, मानिस होइन ।’
रोबोटिस्ट मसाहिरो मोरीको विचारमा रोबोट्स जति धेरै मानिसको नजिक हुन्छ त्यति तिनीहरुलाई हामीले डर, त्रास र आदेश दिनुपर्ने हुन्छ, जसका कारण उनीहरु विद्रोही हुन सक्छन् । नैतिक रुपमा रोबोट्स मानिसजस्तै हुने आशा गर्नु बेकार हुने मोरीको तर्क छ । 

रोबोटको के हुनेछ अधिकार ?

मानिसलाई एउटा समयमा आएर यो निश्चितता हुने छ कि यी रोबोट हुन् तर सच्चाईमा केही पनि होइनन् र फेरि आफू ठगिएको महसुस गर्नेछन् । 

कार्नेगी मेलन विश्वविद्यालयका रोबोटिक्स इन्स्टिच्युटका एक सोध प्रोफेसर डा रिड सिमन्स पनि यसमा सहमत छन् । ‘हामीजस्ता धेरै मानिसको मान्यता छ कि एउटा रोबोटका लागि यति नै धेरै हुनेछ कि त्यो आँखा झप्काउन सकोस् र केही खुबी पनि होस् तर त्यो मानिजस्तै व्यवहार नदेखाओस् ।’

सिङ्गुल्यारिटिनेट यस्तो प्लेटफर्म हो जहाँ डेभलपर्स आर्टिफिसियल इन्टेलिजेन्स एप्स तयार गर्छन् । जसको प्रयोग सोफियाजस्तो रोबोट्समा हुन्छ । यसको स्थापनाकर्ता डा गोएर्टजेल भन्छन्, ‘समयअनुसार रोबोट्स स्मार्ट हुँदै जानेछन्, मानिसभन्दा धेरै नभए पनि मानिसजति नै हुनेछन् । ’

‘जब हामीले मानिसजस्तै देखिने धेरै रोबोट्स आफ्नो चारैतिर देख्छौँ तब हामी विस्तार यसप्रति अभ्यास्त हुन थाल्छौँ’, गोएर्टजेल भन्छन्, ‘यस्तो अवस्था पनि आउन सक्छ कि मानिस मानिससँग भन्दा पनि रोबोट्ससँग निकै घुलमिल हुन सक्छन् ।’

तर के हामी आउने समयमा त्यो स्तरसम्म पुग्न सक्छौँ जहाँ रोबोट्समा चेतनाको विकास हुने छ ? मन पर्ने, मन नपर्ने, स्वतन्त्रता र तिनलाई पनि कानुनी अधिकार हुने छ ?

डा गोएर्टजेल भन्छन्, ‘मलाई लाग्छ यदि रोबोट्स मानिसजस्तै समझदार भयो भने उसमा चेतना पनि विकास हुनेछ ।’

दयावान रोबोट आवश्यक 

आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा यस्तो सोच राख्ने मानिसको कमी छैन । उनीहरु भन्छन्, ‘हामीलाई मानिसभन्दा पनि धेरै दयालु रोबोट्सको आवश्यकता छ ।’

यद्यपि धेरैजसो रोबोटिक्स र कम्प्युटर साइन्टिस्ट्स यो कुरामा सहमत छैनन् । डा स्क्युलर भन्छन्, ‘यो सम्भव नै छैन । भावना एउटा विशिष्ट मानवीय गुण हो र यो पूर्ण रुपमा जीवित मानिसको मात्र लक्षण हो ।’ 
तर आर्टिफिसियल इन्टेलिजेन्सले रोबोट्सलाई मानिसकै जस्तो व्यवहार गर्न सिकाउँछ र यो पनि सम्झाउँछ कि कसरी प्रतिक्रिया जनाउने हो । 

मानिसको दिमागको नक्कली गर्न मुस्किल

डा सिमन्स भन्छन्, ‘म भन्छु कि कुनै पनि मानिसलाई आफ्नो दिमाग र व्यक्तित्व रोबोटमा डाउनलोड गर्न सम्भव छैन । हामी कुनै मानिसको दिमागको कपी गर्न सक्ने क्षमता बढाउन अझै मुस्किल छ।’

जब कि डा गोएर्टजेल भन्छन्, ‘सन् १९२० को दशकमा निकोला टेस्लाले रोबोट उत्पादन गर्ने विचार गर्दा कसैले पनि पत्याएका थिएनन्। तर अहिले जे छ सबैको सामुन्ने छ ।’ –बीबीसी