काठमाण्डौ । प्रभू बैंक लिमीटेडलडे कैलालीको बौनिया तथा पाँचथरको फिदिममा एकसाथ २ शाखा संचालनमा ल्याएको छ । 

कात्तिक १० गते शुक्रबा बैंकले दुवै क्षेत्रमा विशेष कार्यक्रम गरी आफ्ना शाखाको औपचारिक सुरुवात गरेको हो । 

ती दुुई शाखाहरुको उद्घाटन क्रमशः नेपाल राष्ट्रबैंक धनगढी क्षेत्रका मुख्य व्यवस्थापक धनञ्जय शर्मा तथा फिदिम नगरपालिकाका प्रमुख ओनाहाङ नेम्वाङले गरे । ती दुवै कार्यक्रममा जिल्लाका कार्यालय प्रमुख, स्थानीय व्यापारी, उद्योगी तथा सर्वसाधारणको उपस्थिति थियो ।

कार्यक्रममा सहभागी वक्ताहरुले बैंकको शाखा कार्यालयको स्थापनापछि स्थानीय क्षेत्रको विकासमा प्रत्यक्ष फाइदा पुुग्ने र स्थानीयको आर्थिक गतिविधि वृद्धिमा सहयोग हुने बताए । 

असोज मसान्तसम्म रु. ८३ अर्ब निक्षेप संकलन गरी रु. ६३ अर्ब बराबर रकम लगानी गरेको तथ्य उक्त कार्यक्रममा प्रस्तुत गरिएको थियो । देशका ५६ जिल्लामा आफ्ना १४० वटा शाखाहरुमार्फत सेवा पुर्याइरहेको बैंकले निकट भविष्यमै अन्य केही शाखाहरु खोल्ने जानकारी पनि दिइएको थियो।