काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्सले सुदूरपश्चिम प्रदेशको कैलालीस्थित बर्दगोरिया गाउँपालिकामा आज जीवन बीमासम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेको छ। 

कम्पनीले गाउँपालिकाका कर्णबहादुर कुँवरको आतिथ्यमा अभिमुखीकरण कार्यक्रम गरेको हो। कार्यक्रममा उक्त गाउँपालिकाका वडा नं. १ देखि ६ सम्मका वडाध्यक्ष र स्थानीयको सहभागिता थियो। 

सोही कार्यक्रममा कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत गरिब विद्यार्थीहरुलाई सहयोगस्वरुप श्री भगवती माविलाई २५ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।

कार्यक्रममा स्थानीय व्यापारी, अभिकर्ता, जनप्रतिनिधि र कम्पनीका सुदूरपश्चिम प्रदेश प्रमुख लक्ष्मीकान्त जैसी र कर्पोरेट कार्यालयमा कार्यरत अन्डरराइटिङ विभाग प्रमुख रचना घिमिरेको उपस्थिति थियो।