काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले पुस २० गते बैंकको ८१ औं शाखा कैलालीको मोहन्यालमा संचालनमा ल्याएको छ ।

सरकारले वित्तीय पहुँच तथा समावेशिता वृद्धि र औपचारिक अर्थतन्त्रको प्रवद्र्धनका लागि सबै नेपालीको बैंक खाता भन्ने नीति अवलम्बन गरेको छ र यसलाई मूर्त रुप प्रदान गर्न यस बैंकले मोहन्याल शाखा संचालनमा ल्याएको हो ।

यो बैंकले दुर्गम क्षेत्रमा १६ वटा शाखाहरु संचालनमा ल्याईसकेको छ । 

नियमनकारी निकायको निर्देशनअगावै यस बैंकले नेपालको दुर्गम क्षेत्रमा शाखाहरू विस्तार गरिसकेको थियो । 

२०६८ सालमा हुम्लाको सिमिकोट र २०७१ सालमा डोल्पामा शाखा खोलिनु यसका केही उदाहरणहरु रहेका बैंकले जनाएको छ ।

बैंकले देशभर फैलिएका आफ्ना ८१ वटा शाखा, ७५ वटा ए.टि.एम. र ९९ वटा शाखारहित बैंकिङ्ग एकाईहरुबाट करिब चारलाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।