काठमाण्डौ । जनता बैंक नेपाल लिमिटेडको कारोवार विस्तारको क्रममा कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका वडा नं. ४, बलिया शाखाबाट कारोवार शुभारम्भ भएको छ । 

बुधबार  एक समारोहकाबीच सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री  झपटबहादुर बोहोराले बलिया शाखाको समुद्घाटन गरेका बैंकले जनाएको छ । 

कार्यक्रमलाई सम्बोधन गर्दै  मन्त्री बोहोराले जनता बैंकको स्थापनाले यस क्षेत्रका जनताको जिबनस्तर उठाउन महत्वपूर्ण भूमिका रहने चर्चा गरे । 

बैंकका संचालक रामबहादुर भण्डारीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्री, लम्कीचुहा नगरपालिकाको उपप्रमुख टिका थापा, लम्कीचुहा उद्योग बाणिज्य संघका अध्यक्ष पदम चौलागाईंले सम्बोधन गरेका थिए । 

कार्यक्रममा लम्कीचुहा न.पा. वडा नं. ४ का वडाध्यक्ष लालबहादुर बोगटी, वडा नं. ८ का अध्यक्ष पूर्ण विष्ट, लम्की बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख सरोज शाह, बैंकका नेपालगञ्ज क्षेत्रीयप्रमुख ध्रुबकुमार पौडेल, उपप्रमुख मुकुन्दप्रसाद भट्ट र बलिया शाखाका प्रबन्धक चिरन्जिबी रावलको पनि उपस्थिति रहेको थियो । 

यस बलियास्थित शाखा र एटिएम समेतबाट एकैसाथ कारोबार संचालनमा आएको छ ।

यस शाखा उद्घाटनको अबसरमा सोही स्थानमा बैंकको आयोजना र धनगढी नेत्रालय आँखा अस्पतालको प्राविधिक सहकार्यमा निःशुल्क आँखा शिविर पनि आयोजना गरिएको थियो । 

बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तरगत आयोजना गरिएको उक्त बृहत आँखा शिविरमा निःशुल्क औषधी र चश्मा वितरण गरिएको थियो ।

एकहजार जनाभन्दा बढीका आँखा परीक्षण गरिएको उक्त शिविरमा छानिएका मोतिबिन्दु सम्बन्धी बिरामीको धनगढी नेत्रालयमा मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने छ ।

जनता बैंकको यस बलियाशाखा सँगै मुलुकको सबै प्रदेशमा गरी शाखा संख्या १२९ पुगेको छ भने सुदुरपश्चिम प्रदेशमा शाखा संख्या ९ पुगेको छ । 
साथै यसै प्रदेशको धनगढी उपमहानगरपालिका वडा नं. १ सेतोपुलमा नयाँ शाखा खुल्ने क्रममा रहेको छ ।