kailash bikas bank
काठमाण्डौ । देशकै ठूलो र धेरै नाफा कमाउँदै आएको विकास बैंक कैलाश विकास बैंकले २५ प्रतिशत बोनस र २० प्रतिशत हकप्रदका लागि एउटै समयमा बुक क्लोज गर्ने भएको छ ।
बैंकले शुक्रबार एक सूचना जारी गर्दै पुस १४ गतेदेखि बुक क्लोज हुने जानकारी दिएको हो । यसको अर्थ हो, पुस १३ गतेसम्म बैंकको सेयर खरीद गरेका वा आफ्नो नाममा नामसारी गरेकाहरुले मात्र घोषित बोनस र हकप्रद भर्न पाउनेछन् । साधारणसभा पुस २९ गते तोकिएको १४ देखि २९ गतेसम्म बुक क्लोज हुने बैंकले जनाएको छ ।
बैंकले आर्थिक वर्ष २०७२/७३ को खूद नाफाबाट २५ प्रतिशत बोनस सेयर वितरणको घोषणा गरेको थियो । यो प्रस्तावलाई आगामी पुस २९ गते हुने वार्षिक साधारणभामा पेश गरिनेछ । त्यहाँबाट पारित भएपछि घोषित लाभांश सेयरधनीले पाउनेछन् । बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ४३ करोड ९४ लाख खुद नाफा आर्जन गरेको थियो ।
यस्तै, बैंकले ५ बराबर १ को अनुपातमा(२० प्रतिशत) हकप्रद सेयर निश्कासनको प्रस्ताव समेत वार्षिक साधारणसभामा लैजादैछ । बैंकले ३१ लाख ६० हजार ६ सय ७२ कित्ता हकप्रद निश्कासनको धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ ।
बोनस र हकप्रद वितरणपछि यो विकास बैंकको चुक्तापूँजी हालको १ अर्ब ५८ करोडबाट २ अर्ब २८ करोड पुुग्नेछ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago