kailash bikas bank limited
काठमाण्डौ । कैलाश विकास बैंक लिमिटेडले कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा, सुर्खेत जिल्लाको वीरेन्द्रनगरमा तथा सुर्खेत जिल्लाकै छिञ्चुमा गरी तीन शाखाहरु स्थापना गरी २०७५ साल आश्विन ७ गते आइतबारदेखि कारोवार शुभारम्भ गरेको छ ।
महेन्द्रनगर शाखाको शुभारम्भ प्रदेश नं. ७ का प्रदेश सभासद लालबहादुर खड्का, विरेन्द्रनगर शाखाको शुभारम्भ विरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुबेदी तथा छिन्चु शाखाको शुभारम्भ भेरी गंगा नगरपालिकाका मेयर भुपेन्द्रबहादुर चन्दले अलग अलग समारोहका बीच गरे ।
नयाँ ३ शाखासहित बैंकको शाखा संख्या ७० पुगेका छन् भने एटीएम संख्या २६ पुगेका छन् । बैंकले छिट्टै बाँके जिल्लाको नेपालगञ्ज, दाङ्ग जिल्लाको तुल्सीपुर, झापा जिल्लाको बिर्तामोड, सुनसरीको धरान तथा अन्य विभिन्न ठाउँहरुमा २१ वटा शाखा संचालन गर्ने तयारी गरिरहेको जनाएको छ ।
राष्ट्रिय स्तरको यस विकास बैंकको चुक्तापूँजी रु.२ अर्ब ५२ करोड रहेको छ । बैंकले अत्याधुनिक प्रविधिको उपयोग गर्दै समस्त आधारभूत बैंकिङ्ग सेवाको अलावा मोबाइल बैंकिङ्ग, एसएमएस बैंकिङ्ग ईन्टरनेट बैंकिङ्ग सेवा, शेयर लगानीकर्ताहरुका लागि सी–आस्वा सेवा, सुविधा भुक्तानी, रेमिटान्स सेवा लगायतका सेवाहरु प्रदान गर्दै आएको छ । बैंकले निकट भविष्यमा नै भिजा कार्ड सेवा शुरुवात गर्ने तयारी गरेको जनाएको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19