काठमाण्डौ । कैलाश विकास बैंकले आफ्ना लगानीकर्तालाई नगद लाभांश मात्र वितरणको प्रस्ताव गरेको छ । 

बैंकको असोज ९ गते बसेको संचालक समितिको ४०६ औं बैठकले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट चुक्तापूँजीको १७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । 

हाल यो बैंकको चुक्तापूँजी २ अर्ब ५२ करोड रुपैयाँ रहेको छ । यो हिसाबले४२ करोड ८५ लाख बढी नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

नियामक नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी २५ औं वार्षिक साधारणसभाबाट पारित भएपछि घोषित नगद लाभांश सेयरधनीले पाउनेछन् ।