Kailash Bikas Bank
काठमाण्डौ । देशकै सबैभन्दा ठूलो र धेरै नाफा कमाउँदै आएको विकास बैंक कैलाश विकास बैंकलाई नेपाल राष्ट्रबैंकले २५ प्रतिशत बोनस सेयर वितरणको स्वीकृति प्रदान गरेको छ ।
कैलाश विकास बैंकले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट हालको चुक्तापूँजीको २५ प्रतिशतको दरले बोनस सेयर वितरणको निर्णय गरेको थियो । सोही निर्णयलाई नेपाल राष्ट्रबैंकबाट स्वीकृति प्रदान गरिएको छ ।
२५ प्रतिशतको दरले हुन आउने कुल ३९ करोड ५० लाख ८४ हजार रुपैयाँ बराबरको बोनस सेयर वितरण हुने बताइएको छ । तर, यो प्रस्ताव बैंकको आगामी साधारणसभाबाट पनि स्वीकृत हुनुपर्ने छ ।
कैलाश विकास बैंकले आर्थिक वर्ष २०७२/७३ मा विकास बैंकमध्येकै सबैभन्दा धेरै ४३ करोड ९४ लाख खूद नाफा आर्जन गरेको थियो ।
बैंकको हाल चुक्तापूँजी १ अर्ब ५८ करोड रुपैयाँ छ भने सञ्चित कोषमा ८६ करोड ७४ लाख रुपैयाँ छ ।
२५ प्रतिशत बोनस सेयर वितरणपछि बैंकको चुक्तापूँजी १ अर्ब ९८ करोड पुग्नेछ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago