काठमाण्डौ । देशकै ठूलो विकास बैंक कैलाश विकास बैंकले खूद नाफातर्फ कमालको प्रगति हासिल गरेको छ । 

बैंकले अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासको समीक्षा अवधिको तुलनामा यो वर्षको सोही अवधिमा खूद नाफातर्फ ९३ प्रतिशतको वृद्धि हासिल गरेको हो । 

यो विकास बैंकले अघिल्लो वर्ष १३ करोड ६६ लाख खूद नाफा आर्जन गरेकोमा त्यसलाई बढाएर यो वर्ष २६ करोड ३८ लाख पुर्याएको हो । 

बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा ४६ करोड २९ लाख रुपैयाँ खूद ब्याज आम्दानी गर्न सफल भएको छ । यो अवधिमा बैंकले १५ अर्ब ९१ करोड निक्षेप संकलन गरी १४ अर्ब ३२ करोड कर्जा प्रवाह गरेको छ । 

गत वर्षको यही अवधिमा १.५९ प्रतिशत रहेको निस्क्रिय कर्जालाई बैंकले घटाएर यो वर्ष ०.७० प्रतिशतमा झारेको छ । 

कैलाश विकास बैंकको प्रति सेयर आम्दानी २६ रुपैयाँ ७१ पैसा, प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ १० पैसा कायम भएको छ । 

बैंकको चुक्तापूँजी १ अर्ब ९७ करोड ५४ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ७३ करोड २९ लाख रुपैयाँ रहेको छ ।