काठमाण्डौ । महालक्ष्मी विकास बैंकले काठमाण्डौको कोटेश्वरमा शाखा कार्यालय संचालनमा ल्याएको छ । 

बैंकले बैकिङ्ग सेवाको पहुँच देशभर पुर्याउने उद्देश्यबमोजिम शाखा सञ्जाल विस्तार गर्दै आइरहेको छ । 

यही क्रममा बैंकले बैशाख ९ गतेका दिनदेखि काठमाण्डौँ महानगरपालिकाको वार्ड नं ३२ स्थित कोटेश्वरमा शाखा विस्तार गरी बैकिङ्ग कारोबार सञ्चालन गरेको हो । 

यो शाखा सञ्चालनमा आएपश्चात् यस बैंकको कुल शाखा संख्या ९३ पुगेको छ । 

बैंकले शाखा कार्यालय सञ्चालनमा ल्याएका क्षेत्रहरुका व्यवसायिक कारोबार अन्तर्गतका कृषि, उर्जा, पर्यटन, लघु उद्यम क्षेत्रमा कर्जा प्रवाह गरी नेपालको अर्थतन्त्रलाई सुदृढ बनाउन निरन्तर प्रयासरत रहने प्रतिबद्धता जनाएको छ ।