काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडले यही भदौ ११ गते डाकेको वार्षिक साधारणसभा स्थगित गरेको छ।
कम्पनीले हालसम्म नभएका २० औँदेखि २७ औँसम्मका ८ वटा वार्षिक साधारणसभा एकैपटक डाकेको थियो। तर विश्व महामारी कोरोनाभाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले सार्वजनिक रुपमा सभा, सम्मेलन तथा औपचारिक कार्यक्रमहरु नगर्न निर्देशन जारी गरेको र स्थानीय प्रशासनले भदौ ३ गतेदेखि उपत्यकामा निषेधाज्ञा जारी गरेका कारण सभा स्थगि गर्नुपरेको कम्पनीद्वारा आज जारी सूचनामा उल्लेख छ।
सभामा कम्पनीले हाल कायम चुक्तापुँजीको १७५ प्रतिशतले हुन आउने हकप्रद निष्कासन गर्ने प्रस्ताव अनुमोदन गर्ने भनिएको थियो।
अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग गाभ्ने गाभिने प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई पूर्ण अख्तियार दिने मुख्य प्रस्तावलगायतका विभिन्न अजेन्डाहरु पारित गर्ने सभाको उद्देश्य रहेको थियो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago