Proning Position
काठमाण्डौ । विश्वभर अहिले कोरोनाको उपचारको लागि प्रोनिङ विधिको प्रयोग भइरहेको छ, जसमा संक्रमतिलाई घोप्टो पारेर पेटको सहारामा सुुताइने गरिन्छ ।
यतिबेला विश्वभर कोरोना संक्रमणका घटनाहरु दिनानुुदिन बढिरहेको छ । यस्तोमा विश्वभरका अस्पतालहरुबाट विभिन्न तस्बिरहरु पनि सार्वजनिक भइरहेका छन् । यी तस्बिरहरुमा अस्पतालको इन्टेन्सिभ केयर युुनिटका अत्याधुुनिक भेन्टीलेटरहरुमा पल्टिरहेका बिरामीहरु देख्न सकिन्छ । भेन्टिलेटरमा संक्रमितहरुलाई सास फेर्न सजिलो हुुने गर्दछ । तर, यी तस्विरहरुको एउटा विशेष कुुरामा अहिले सबैको नजर अडिएको छ । यी तस्विरहरुमा धेरैजसो बिरामीहरुलाई घोप्टो परेर पेटका सहारामा सुुताइएको हुुन्छ । किन यस्तो गरिएको होला ?
वास्तवमा यो एउटा पुुरानो विधि हो, जसलाई प्रोनिङ भन्ने गरिन्छ । यो विधिमा सास लिन गाह्रो परेका बिरामीहरुलाई सहजता मिलेको पाइएको छ । यस पोजिसनमा पल्टँदा फोक्सोमा धेरै अक्सिजन पुुग्ने गर्दछ । तर, यो विधिको आफ्नै खतराहरु पनि छन् ।
बिरामीहरुलाई प्रोनिङ पोजिसनमा कयौं घण्टासम्म राख्ने गरिन्छ ताकि उनीहरुको फोक्सोमा जमेर रहेको तरल पदार्थ चल्न सकोस् । यसो गर्दा बिरामीहरुलाई स्वास लिन सजिलो हुुने गर्दछ ।
इन्टेन्सिभ केयर युुनिटमा कोरोना संक्रमित बिरामीको उपचारमा यो विधिको प्रयोग धेरै नै बढेको छ । जोन हपकिन्स युुनिर्भसिटीका असिस्टेन्ट प्रोफेसर र फोक्सो तथा क्रिटीकल केयरका मेडिसिन एक्सपर्ट गालिया तस्तोस भन्छन्,“अधिकांश कोभिड १९ का बिरामीहरुको फोक्सोमा पर्याप्त अक्सिजन पुुग्न सक्दैन, जसका कारण खतरा पैदा हुुने गर्दछ । जब यस्ता बिरामीहरुलाई अक्सिजन दिइन्छ त्यो पनि पर्याप्त हुने गर्दैन । यस्तो अवस्थामा हामी उनीहरुलाई पेटको सहारामा घोप्टो पारेर राख्ने गर्दछौ । यो पोजिसनमा बिरामीको मुुख तल पर्ने गर्दछ, जसका कारण उनीहरुको फोक्सो बढ्ने गर्दछ ।’
गालियातस्तोसका अनुुसार मानिसको फोक्सोको ठूलो भाग पिठ्यूँतिरको हुुने गर्दछ । त्यसैले यदि कोही पिठ्यूँको सहाराले पल्टेर अगाडितिर हेर्दछ भने उक्त मानिसको फोक्सोमा अधिक अक्सिजन पुुग्ने सम्भावना कम हुुने गर्दछ । यसको विपरीत यदि कोही मानिस प्रोनिङ पोजिसनमा पल्टन्छ भने उसको फोक्सोमा धेरै अक्सिजन पुुग्ने गर्दछ र फोक्सोका अलग अलग भागले आफ्नो काम गर्ने गर्दछन् । डाक्टर गालियातस्तोस भन्छन्,“यो विधिले परिवर्तन ल्याएको देख्न सकिन्छ । हामीहरुले यो विधिले बिरामीहरुलाई फाइदा पुुगेको देखेका छौ । एक्युुट रेस्पेटरी डिस्ट्रेस सिन्ड्रोम (एआरडिएस)देखिएका कोभिड १९ का बिरामीहरुलाई मार्च महिनामा विश्व स्वास्थ्य संगठनले १२ लेखि १६ घण्टासम्म प्रोनिङ पोजिसनमा राख्न सिफारिस गरेको थियो ।
विश्व स्वास्थ्य संगठनका अनुुसार यो विधि बच्चाहरुका लागि पनि प्रयोग गर्न सकिन्छ । तर, यसलाई सुरक्षित गर्नका लागि प्रशिक्षित व्यक्ति र अतिरिक्त विशेषज्ञता चाहिने गर्दछ । अमेरिकी थेरासिस सोसाइटीले चीनको वुुहानस्थित जियानतान हस्पिटलमा फेब्रुुअरी महिनामा एआरडिएस भएका १२ जना कोभिड १९ का बिरामीहरुमाथि अध्ययन गरेको थियो ।
यो अध्ययनका अनुुसार प्रोनिङ पोजिसनमा रहेका बिरामीको फोक्सोको क्षमता अन्यको तुलनामा धेरै पाइएको थियो ।
यो विधिको खतराहरु
यो विधि धरै सजिलो देखिए पनि यसका पनि आफ्नै खतराहरु पनि छन् । बिरामीलाई पेटको सहारामा पल्टाउन समय लाग्ने गर्दछ । यस्तो गर्न अनुुभवी विशेषज्ञको आवश्यकता पर्ने गर्दछ । डाक्टर गालियातस्तोस भन्छन्, “ यो सजिलो छैन । यसलाई प्रभावकारी ढंगबाट गर्नका लागि चार–पाँच जना विशेषज्ञहरुको आवश्यकता पर्ने गर्दछ ।”
अस्पतालहरुमा यो विधिको प्रयोग गर्न धेरै नै गाह्रो हुुने गर्दछ । किनकि त्यहाँ पहिलेदेखि नै स्टाफको कमी हुुने गर्दछ र कोभिड १९ का बिरामीहरुले उनीहरुको समस्या झनै बढाइदिएका छन् ।
बिरामीको पोजिसन बदल्नमा अन्य मुुश्किलको सामना गर्नुु पर्ने हुुनसक्छ । डा.गालियातस्तोस भन्छन्,“हाम्रो ठूलो चिन्ताको विषयमध्ये मोटोपन एउटा समस्या हो । हामीहरुले छातिमा इञ्जुुरी भएका बिरामीहरुका लागि विशेष सावधानी अपनाउनुुपर्ने हुुन्छ । यसका साथै भेन्टिलेटर र क्याथेटर ट्यूबमा राखिएका बिरामीहरुलाई पनि विशेष सावधानी अपनाउनुुपर्ने हुुन्छ ।”
यसका साथै यो विधिले हर्ट अट्याकको सम्भावना पनि बढाइदिन्छ र कयौं पटक त सास लिनमा पनि अवरोध आउने गर्दछ ।
-एजेन्सीको सहयोगमा
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago