काठमाण्डौ । विश्व महामारी कोरोना भाइरसबाट अहिले संसारका अधिकांश देश प्रभावित छन्।
आफ्ना जनतालाई कोरोना संक्रमणबाट बचाउन देशअनुसार फरक–फरक रणनीति अपनाइएको छ। समानता छ भने एउटा लकडाउन, दोस्रो सामाजिक दूरी र तेस्रो भनेको मास्क र सेनिटाइजरको प्रयोग। किनकि अहिलेसम्म यो भाइरस ठिक पार्ने औषधि तथा भ्याक्सिन बनिसकेको छैन।
यो भाइरसबाट बच्न भने अर्को महत्वपूर्ण पाटो भनेको मानिसमा हुने आत्मबल र रोक प्रतिरोधात्मक क्षमता नै हो। यिनै कारणले संक्रमितहरु अहिले ठिक भएर अस्पतालबाट घर फर्किएका उदाहरण विश्वभर लाखौँ छन्।
चिलीमा भने जनताको आत्मबल बढाउन अनौठो तरिका अपनाइएको छ। सुन्दा आश्चर्य लाग्न सक्छ तर यो वास्तविक हो।
चिलीले कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको गन्ती निको भएको सामेल गरिएको छ। अझ उसले त्यस्ता मृतकको ‘कोरोना फ्री’ सर्टिफिकेट नै जारी गर्ने गरेको छ।
त्यसो त चिलीमा हालसम्म यो भाइरसबाट ९२ जनाको ज्यान गइसकेको छ भने ७ हजार ९१७ जना बिरामी परेका छन्।
चिलीका स्वास्थ्यमन्त्री जेम मनालिच यसरी कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको नाम ठिक भएका बिरामीहरुको सूचीमा राख्दा जनतामा सकारात्मक सोच पलाउने दाबी गर्छन्। ‘हामी संक्रमणबाट ज्यान गुमाउनेहरुलाई ठिक भएको लिस्टमा समावेश गरिरहेका छौँ’, उनी भन्छन्, ‘किनकि अब ती मृतकमा कुनै संक्रमण छैन न त उनीहरुबाट संक्रमण नै फैलिन्छ। बरु उल्टै संक्रमित बिरामीहरुमा आत्मबल बढ्छ।’
न्युयोर्क पोस्टका अनुसार मन्त्री मनालिचले संक्रमणबाट ज्यान गुमाएकाहरुलाई ‘कोरोना फ्री’ प्रमाणपत्र वितरण गर्ने गरेको बताएका छन्। ‘यसले गर्दा उपचार गरिरहेका बिरामीमा आत्मबल बढ्छ, रोगसँग लड्न क्षमता वृद्धि हुन्छ’, उनी भन्छन्।
मनालिच कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको गिन्ती ठिक भएका बिरामीहरुमा गरिनु अन्तर्राष्ट्रिय विशेषज्ञ’हरुले सिफारिस गरेको उपाय भएको दाबी गर्छन्। तर मनालिचको दाबी कपोकल्पित भए पनि बिरामीमा आत्मबल बढाउने यो तरिका केही हदसम्म उचित रहेको विज्ञहरु बताउँछन्। – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago