काठमाण्डौ ।

प्रश्न: महामारीबाट ठप्प बनेको अर्थतन्त्रलाई तपाई कसरी पुुन सञ्चालन गर्नुहुुन्छ ? 

जवाफः धेरै नै सावधानीपूर्वक । 

कोरोनाभाइरस विश्वभर अझै तीव्र गतिमा फैलदै गर्दा युुरोपेली देशका सरकारहरुले संक्रमणको फैलावटमा कमी आउन थालेपछि कसरी पुुनः उद्योग कलकारखाना, कार्यालय, शैक्षिक संस्थाहरु खोल्ने र सञ्चालन गर्ने भन्ने बारेमा सोच्न थालिसकेका छन् । 

अष्ट्रियाले सोमबार इस्टर(इसाई धर्मावलम्बीको एक पर्व) पछि विस्तारै बन्द रहेका पसलहरु खोल्ने जनाएको छ । यस्तो गर्ने अष्ट्रिया युुरोपको पहिलो देश बन्नेछ । 

कोरोनाभाइरसलाई नियन्त्रण र रोक्न बनाइएका उपायहरु र प्याकेजहरुको आर्थिक लागत बढ्दै गइरहेकाले युुरोपका सरकारहरुलाई आफ्ना योजनाहरुको व्याख्या गर्न दवाब परिरहेको छ । 

यदि प्रतिबन्ध लामो समयसम्म रहिरह्यो भने खाद्यान्न आपूर्ति र स्वास्थ्य सेवाका प्रावधानलाई प्रभाव पार्नसक्ने त्रास बढेको छ । लकडाउन केही साता अझै लम्बिने र केही देशमा त अझै महिनौसम्म रहिरहनसक्ने सम्भावना रहेका बेला बनिरहेका विस्तृत योजनाहरुले अतिप्रभावित मानिसलाई जोगाउन र प्रतिबन्ध सहज बनेपछि तीव्र गतिमा अर्थतन्त्रलाई उकास्न सकिनेछ । तर, यो गलत र असफल हुँुदा यसले अझै धेरै प्रकोप, काम र सार्वजनिक जीवनमा प्रतिबन्धको दोस्रो चरण र थप आर्थिक पीडातर्फ अग्रसर गराउनेछ । 

कोरोना संक्रमणबाट १ लाख संक्रमित र १६०० जना मृत्युु भएको जर्मनीका अर्थशास्त्री, कानुुनविद र स्वास्थ्य विज्ञहरुको समूहले युुरोपको सबैभन्दा ठूलो अर्थतन्त्रलाई पुुर्नउत्थान गर्न सिफारिस गरेका छन् । जसले विशिष्ठ कलकारखानाहरु र कामदारहरुलाई आफ्ना क्रियाकलाप पुुनः सुुचारु गर्ने अवसर प्रदान गर्नेछ । 

गत साता इन्फो इन्स्टिच्युुट फर इकोनोमिक फोरमले एक दर्जन शिक्षाविद्ले लेखेको रिपोर्ट प्रकाशन गरेको थियो । जसमा उनीहरुले सन् २०२१ भन्दाअघि कोरोना विरुद्धको भ्याक्सिन या त कुुनै अरु प्रभावकारी उपचार पद्धति पत्ता लाग्ने आशा नरहेको बताएका थिए । जसका कारण कोरोनाविरुद्धको लडाइमा जर्मनीले इस्प्रीन्ट भन्दा पनि म्याराथन जस्तो नीति लिनुुपर्ने हुुन्छ । 

“भविष्यका योजना र उपायहरु यसरी तयार पारिनुुपर्छ कि यसले एकातर्फ राम्रो स्वास्थ्य हेरचाह सुुनिश्चित गरोस् र अर्काेतर्फ लामो अवधिसम्म यसले निरन्तरता पाइराखोस् । ” विज्ञहरुले लेखेका छन् । 

जर्मनीले अप्रिल २० सम्म स्कुुल, रेष्टुुरेन्ट, खेलमैदान, खेलकुुद सुुविधा र धेरैजसो पसलहरु बन्द गर्न निर्देशन दिएको छ । जसका कारण पहिलेदेखि नै समस्यामा रहेको अर्थतन्त्रलाई अझै पछाडि धकेलीरहेकोे छ । 

सोमबार जर्मनी सरकारका प्रवक्ता स्टीफेन सेइबर्टले प्रतिबन्ध कहिले हट्छ भनेर ठोस समय तोक्न नसकिने बताएका थिए । यदि लकडाउन तीन महिनासम्म लम्बियो भने यसले यो वषको जीडीपीमा २० प्रतिशतको गिरावट आउने इन्फोले प्रक्षेपण गरेको छ । 

कसरी पुुनः सञ्चालन गर्ने अर्थतन्त्र ?
जर्मनीले पहिलेदेखि नै ८२५ बिलियन डलरको आर्थिक उद्धारको प्याकेज सञ्चालन गरिरहेको छ । जसअन्र्तगत व्यवसायीलाई ऋण प्रदान गर्ने, कर्मचारीलाई आंशिक भुुक्तानी गर्ने कम्पनीहरुलाई सहायता प्रदान गर्ने जस्ता व्यवस्थाहरु रहेका छन् । 

यो प्याकेज विश्वभर लागू भएकामध्ये सबैभन्दा ठूलो हो । 

इन्फोको रिपोर्टले विज्ञ सम्मिलित टास्क फोर्स बनाउन र कलकारखानाहरुले कहिलेबाट पुुनः उत्पादन सुुचारु गर्ने र कार्यस्थल र सार्वजनिक जीवनमा प्रतिबन्धलाई कसरी सहज बनाउन सकिन्छ भनेर सार्वजनिक प्रतिनिधिको समूह बनाउन सुुझाव दिएको छ । 

काममा पुुनः फर्कने वा नफर्कने भन्ने कुुरा कामदार आफैंले निर्णय गर्न सक्नेछन् । रिपोर्ट अनुुसार घरमै बसेर गर्न सकिने कामभन्दा दुुरसञ्चार र अटो उत्पादन उद्योगहरु जसले अर्थतन्त्रमा बढी योगदान गर्ने गर्दछन् तिनलाई प्राथमिकतामा राखिनुु पर्दछ । 

‘बयस्क मानिसहरुलाई संक्रमणको जोखिम कम हुुने हुुँदा र स्कुुल र बालबालिकाको स्याहार र हेरचाह गर्ने सेवाहरु बन्द हँुुदा अभिभावकल राम्रोसँग काम गर्न नसक्ने हुुँदा नर्सरी र स्कुुलहरु सकभर चाँडै खुुल्नुु पर्दछ।’–रिपोर्टमा भनिएको छ । 

क्लबीङ र ठूला इभेन्ट्समा प्रतिबन्ध
स्वास्थ्यसँग सम्बन्धित सामाग्री र उपकरण बनाउने कम्पनीहरु जतिसक्दो चाँडो खोल्नुुपर्दछ । त्यस्तै सामाजिक दुुरी कायम गर्न कठिनाई हुुने स्थानहरु होस्टेल र रेष्टुुरेन्टलाई सावधानीपूर्वक मात्रै खोल्न दिइनुुपर्दछ । 

रिपोर्टका अनुुसार डिस्को र क्लबहरु तत्काललाई खोलिनुु हुुँदैन । 

विज्ञहरुले विभिन्न क्षेत्रमा छुुट्टा छुुटटै मापदण्ड लागू गर्न सकिने बताएका छन् । सव्रप्रथम संक्रमण कम भएका र संक्रमण सर्नसक्ने जोखिम घटेका ठाउँहरुमा, जस्तै ग्रामीण समुुदायहरु माथिको प्रतिबन्ध हटाइनुुपर्दछ । 

समय बित्दै जाँदा प्रतिरक्षा शक्ति बलियो बनाएका क्षेत्रका मानिसहरुलाई कम प्रतिबन्ध लगाइनुुपर्दछ । 

यसका साथै कोरोना संक्रमणको जाँचलाई विस्तृत र संगठित रुपमा लैजानुुपर्दछ । उचित स्वच्छतता र व्यक्तिगत सुुरक्षा उपकरणको प्रयोगको नियमलाई अनिवार्य गराइनुु आवश्यक पर्दछ । 

यसका साथै विज्ञहरुले संक्रमणको सुुरक्षामा प्रयोग हुुने लत्ताकपडा र मास्कको उत्पादन बढाउन, औषधि र भ्याक्सिनको उत्पादन क्षमता बढाउन, र रणनीतिक योजनाका लागि सूचना प्रविधिको प्लेटफर्म तयार गर्न सुुझाव दिएका छन् । 

र, अन्तिममा टास्क फोर्सले आफ्नो सिफारिस बुुझाएपछि राजनीतिज्ञ र व्यापारिक नेताहरुले प्रतिबन्ध हटाउने विषयमा अन्तिम फैसला गर्नेछन् । 
 

चीनतर्फ नजर
कोरोनाभाइरसको संकटबाट अर्थतन्त्रलाई माथि उठाउन खोज्ने देशहरुले के गर्दा प्रभावकारी हुुन्छ र के गर्दा हँुुदैन भनेर चीनतर्फ नजर डुुलाउन सक्छन् । 

कोरोनाको फैलावट रोक्न चीनले व्यापक उपायहरु अबलम्बन गरेपछि उसले पहिलो चौमासमा दशककै पहिलो आर्थिक संकुुचनको सामना गनुुपर्यो ।

तर, चीनले आफ्नो खस्कँदो अर्थतन्त्रलाई बचाउन आक्रामक योजनाहरु अबलम्बन गर्नुुका साथै नयाँ नीति र क्पाम्पेनहरु लञ्च गर्यो, जसले गर्दा मानिसहरुलाई काममा फर्कन, व्यापारीहरुको मनोबल बढाउन र धेरै कम्पनीहरुलाई डुुब्नबाट बचाएको थियो । 

बेइजिङले मेडिकल आपूर्ति र उपचारका लागि अर्बौ डलर खर्च गरिरहेको छ । यसका साथै रोजगार सिर्जना गर्न पूर्वाधारका योजनामा लगानी खनाइरहेको छ । यातायातमा लागेका प्रतिबन्धहरु पनि हटाएर संक्रमण कम भएका क्षेत्रहरुका मानिसहरुलाई स्वतन्त्र भएर आवतजावत गर्न दिइरहेको छ । तर, सबै कुुरा ठीक भएको भन्न अलि हतार हुुनेछ । के चीनले उपलब्ध गराएका सबै आँकडामा विश्वास गर्न सकिन्छ र ? भन्ने खालका नयाँ प्रश्नहरु उब्जन थालेका छन् ।

(एजेन्सीहरुको सहयोगमा धर्म मलाशीबाट तयार रिपोर्ट)