काठमाण्डौ । कोरोना भाइरसको संक्रमणले विप्रेषण आप्रवाहमा गम्भीर धक्का पुग्ने देखिएको छ ।
नेपाल राष्ट्रबैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्मको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्ने क्रममा रेमिटान्सतर्फको आयमा गम्भीर धक्का पुग्ने संकेत गरेको हो ।
नेपालीहरु कार्यरत विभिन्न मुलुकहरुमा समेत कोरोनाको प्रकोप फैलिएका कारण नेपाल भित्रिने विप्रेषणमा स्वात्तै घटेको हो ।
चालु आबको ९ महिना अर्थात चैत मसान्तसम्म विप्रेषण आप्रवाह ४ प्रतिशतले घटेको छ । जबकि चालु आबको आठ महिनासम्ममा पनि विप्रेषण आप्रवाह १.८ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा विप्रेषण आप्रवाहमा ४ प्रतिशतले कमी आई रु.६२६ अर्ब ९० करोड कायम भएको केन्द्रीय बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २०.९ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ४.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ९.९ प्रतिशतले बढेको थियो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago