काठमाण्डौ । नेपाल राष्ट्र बैंकले कोरोनाभाइरसको असर रहुन्जेलसम्म अन्तरबैंक एटीएम प्रयोग गरी पैसा निकाल्दा निःशुल्क हुने व्यवस्था गरेको छ।
राष्ट्र बैंकले आज शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७/७८ मौद्रिक नीतिमार्फत यस्तो व्यवस्था गरेको हो।
केही दिनअघि वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुका छातासंगठनहरुले पूर्ण लकडाउन अवधिभर निःशुल्क गरिएको अन्तरबैंक एटीएम कारोबार गर्दा साउन १ गतेदेखि शुल्क लाग्ने घोषणा गरेका थिए। उनीहरुको घोषणा पूर्ण रुपमा कार्यान्वयनमा आउन नपाउँदै राष्ट्र बैंकले अन्तरबैंक एटीएम कारोबारलाई कोभिडको प्रभाव रहुन्जेल निःशुल्क बनाइएको हो।
राष्ट्र बैंकको घोषणासँगै अब कोरोना असर रहुन्जेलसम्म एउटा बैंकको एटीएमबाट अर्को बैंकको एटीएम प्रयोग गरी पैसा निकाल्दा अब कुनै शुल्क नलाग्ने भएको छ।
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago