काठमाण्डौ । एसियाको तेस्रो ठूलो अर्थतन्त्र भएको देश भारतमा बढ्दै गएको कोरोनाको प्रभावले विश्वको आपूर्ति प्रणालीमा प्रभाव परेको छ।
भारतमा धेरै बहुर्राष्ट्रिय कम्पनी भएकोले पनि विश्वव्यापी आपूर्ति प्रणालीमा प्रभाव बढेको हो। भारतमा दैनिक लाखौँ मानिस कोरोनाबाट संक्रमित परेसँगै दोहोरो अंकको आर्थिक वृद्धिमा समस्या हुने भन्दै अर्थशास्त्रीहरुले चिन्ता व्यक्त गरेका छन्। यसका साथै उनीहरुले भारतमा मन्दीको अवस्था आउन सक्नेतर्फ पनि चिन्ता व्यक्त गरेका छन्।
कोरोनाको बढ्दो प्रभावले भारतमा वित्तीय सेवाका साथै लत्ताकपडा, औषधि तथा सामुद्रिक पैठारीमा समस्या आउने बताइएको छ।
संयुक्त राष्ट्रसंघका अनुसार संसारमा ८० प्रतिशत सामान सामुद्रिक तटबाट पैठारी हुने र त्यसमा भारतीय कामदार उच्च भएकोले सप्लाई सर्कल नै अस्तव्यस्त हुन थालेको छ। यसमा उच्च सीपयुक्त कामदार पनि भारतीय भएकोले विश्वव्यापी आपूर्तिमा प्रभाब परेको संयुक्त राष्ट्रसंघले जनाएको छ।
कोरोना संक्रमण बढ्न थालेपछि धेरै राष्ट्रहरुले भारतबाट हुने हवाई यात्रा पनि रोकेका छन्। जसका कारण विश्वव्यापी कार्गोमा पनि असर परेको छ।
एक कार्गो कम्पनीका मालिकले आफ्नोमा धेरै कामदार भारतीय भएकोले निकै समस्या भएको बताए। धेरैजसो देशहरु भारतीय औषधि निर्माण कम्पनीमा भर परेको र भारत चीनको कच्चा पदार्थमा निर्भर रकेकोले आपूर्ति सर्कलमा प्रभाव परेको एक जोन हप्किङ्स विश्वविद्यालयका प्रोफेसरले बताए।
संसारकै ठूलो भ्याक्सिन उत्पादक कम्पनी सिरम इन्स्टिच्युटद्वारा उत्पादित भ्याक्सिन वितरणमा प्रभाव परेको बताइएको छ। सिरमले ९२ देशका लागि २०० मिलियन भ्याक्सिन आपूर्ति गर्ने बताइएको छ।
नेपालमा पनि अत्यावश्यक खाद्यान्न, तरकारी, ग्यास तथा अक्सिजन भारतबाट आउने भएकोले यसको प्रभाव पर्न सक्ने विज्ञहरु बताउँछन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago