काठमाण्डौ । रिनाउल्ट, होन्डा र प्युग्योटका मालिकको समूह पीएसए गुप्र चीनको वुहान सहरमा गाडी निर्माण गर्ने विश्वभरका निर्माणकर्तामध्ये पहिलो स्थानमा आउँछन् ।

वुहान त्यही सहर जहाँ केही दिनयता कोरोना भाइरसको महामारी व्यापक फैलिएको छ । यी तीन कार निर्माता कम्पनीले संयुक्त रुपमा चीनको अटो सहर वुुहानमा डङ्फेङ मोटर कर्पोरेसनमार्फत आफ्ना उत्पादन गर्दै आएका छन् । डङ्फेङ मोटर कर्पोरेसन चीनको ठूलो अटो समूहमध्ये एक हो ।

१ करोड १० लाख जनसंख्या भएको वुहान सहर अहिले आंशिक रुपमा मात्रै सञ्चालनमा छ । भाइरस फैलने डरले त्यहाँको रेलवे सेवा र एअरपोर्ट गत बुधबारदेखि बन्द छन् ।

सहरका सबै यातायात सेवा अहिले ठप्प छन् । छिमेकी सहर हुआनग्याङ र इजोहु पनि यो भाइरसबाट प्रभावित छन् । सहरका सबै यातायात ठप्प भएपछि कार निर्माता कम्पनीहरु मर्कामा परेका छन् ।

उसो त विश्व अटो बजार नै अहिले मन्दीबाट गुज्रिँदैछ । यस्तोमा कोरोना भाइरसले गर्दा चीनको अटो सेक्टर थप समस्यामा परेको छ । एलएमसी अटोमोटिभका अनुसार विश्वको सबैभन्दा ठूलो अटो बजार चीनमा सन् २०१९ मा २३ लाख गाडी बिक्रीवितरण भएको थियो । जुन पहिलेको तुलनामा निकै कम हो । चिनियाँ अधिकारीका अनुसार यो संख्या अझै घट्न सक्नेछ ।

फ्रान्सको कार निर्माता कम्पनी रिनाउल्टले सन् २०१९ मा १ लाख ८० हजार युनिट कार चिनियाँ बजारमा बेचेको थियो । जुन उसले विश्वमा बेचेका कुल कारको संख्याको ५ प्रतिशत हुन आउँछ ।

रिनाउल्टले वुहान प्लान्टमा कार्डजर र कोलिओस गरी दुई मोडलका फ्ल्यागसिप एसयूभी कारहरु निर्मार्ण गर्ने गर्दछ । रिनाल्टले सन् २०१८ मा १६ हजार ४५९ युनिट कडजार र ३१ हजार २९९ युनिट कोलिओस कार उत्पादन गरेको कम्पनीलाई उदृत गर्दै सीएनएनले जनाएको छ ।

सन् २०१९ को डाटा आउन भने अझै केही समय लाग्ने कम्पनीले जनाएको छ ।

प्युग्योटले पनि गत वर्ष १ लाख १७ हजार युनिट कार चिनियाँ बजारमा बेचेको थियो । जुन अघिल्लो वर्षभन्दा ५५ प्रतिशतले कम हो ।

त्यस्तै होन्डाले सन् २०१९ मा पीएसएको गुप्रको आम्दानीमा ११ प्रतिशतको योगदान गरेको थियो । कम्पनीले आफ्नो तेस्रो प्लान्ट गएको अप्रिल महिनामा वुहान सहरमा स्थापना गरेको थियो । होन्डासँग थप जानकारी लिन लाग्दा उसले प्रतिक्रया नदिएको सीएनएनले जनाएको छ । – एजेन्सी