काठमाण्डौ । भारत सरकारले थुुकबाट पनि कोरोना सर्नसक्ने भन्दै थुुक्नमा प्रतिबन्ध लगाएको छ ।
कोरोना संक्रमणको नयाँ निर्देशिका जारी गर्दै भारत सरकारले देशभरि थुुक्न मनाही गरेको हो ।
यदि कसैले थुुकेको भेटिए निजलाई कारबाही गरिने जनाइएको छ ।
भारतको स्वास्थ्य एवम परिवार कल्याण मन्त्रालय र इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चले पनि जथाभावी नथुक्न त्यहाँका नागरिकहरुमा अपील गरेको छ ।
कोरोना भाइरस संक्रमित मानिसको थुुकमा पनि कोरोनाभाइरस रहेको हुुन्छ । संक्रमित व्यक्तिले सार्वजनिक ठाउँमा थुुक्दा त्यसको सम्पर्कमा स्वस्थ व्यक्ति आउँदा निजलाई पनि कोरोना भाइरस सर्न सक्ने भारतका चिकित्सकहरुले दाबी गरेका छन् ।
-एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago