काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसका कारण भारतीय अर्थव्यवस्थामा आएको सुस्तता हटाउन ठूलो आर्थिक प्याकेज घोषणा गरिएको छ।
भारतीय रिजर्भ बैंकका गभर्नर शक्तिकान्त दासले शुक्रबार बिहान आर्थिक प्याकेज घोषणा गरेका छन्। जसअनुसार अब बजारमा भारु ५० हजार करोड लगानी गरिनेछ। राष्ट्रिय कृषि तथा ग्रामीण विकास बैंक (नाबार्ड) को भारु २५ हजार करोड, स्मल इन्डस्ट्रिज डेभेलपमेन्ट बैंक (सिडबी) को भारु १५ हजार करोड र नेसनल हाउसिङ बैंक (एनएचबी) को भारु १० हजार करोड रहेका छन्।
गर्भनर दासका अनुसार कोरोनाका कारण पूरै विश्व एउटा ठूलो आर्थिक मन्दीतिर बढिरहेको बेला भारतको हातल भने त्यति खराब छैन। ‘यो भाइरसका कारण विश्वमा ९.९ ट्रिलियन डलरको नोक्सानी हुने आशंका गरिएको छ’, उनले भने, ‘जुन जापान र जर्मनीको संयुक्त जीडीपीभन्दा बढी हो।’
यो मन्दी १९३० को महामन्दीभन्दा पनि ठूलो हुने दासको भनाइ छ। ‘भारतमा गत मार्चबाट सुस्तता देखियो तर यसका बाबजुद पनि भारतको आर्थिक व्यवस्था बढिरहेको छ’, उनले भने।
सारा विश्वमा मन्दी छाइरहेको बेला भारतीय अर्थव्यवस्थामा १.९ प्रतिशतका दरले आर्थिक वृद्धि भइरहेको दासको दाबी छ। ‘जी–२० मा आबद्ध देशहरुको तुलनामा भारतीय अर्थव्यवस्था सबैभन्दा राम्रो छ’, उनले भने।
भारतीय रिजर्भ बैंकले रिभर्स रेपो रेट २५ बेसिस प्वाइन्टको कटौती गरेको छ। जसले बजारमा अझै पैसा आइरहेको छ। रिभर्स रेपो रेट ४ प्रतिशतले घटेर ३.७५ प्रतिशत गरिएको छ। त्यसो त रेपो रेटमा कुनै बदलाव गरिएको छैन।
दासले भारतको बैंकिङ सेक्टर पूर्ण रुपमा काम गरिरहेको जानकारी दिए। ‘अहिलेको अवस्थामा पनि लगभग ९१ प्रतिशत बैंक एटीएमहरु चालु अवस्थामा छन्’, उनले भने, ‘बजारमा नगदको अभाव हुन दिइने छैन।’
गभर्नर दासले यो अन्तिम आर्थिक प्याकेज नभएको पनि प्रस्ट पारे। ‘अवस्था हेरेर रिजर्भ बैंकले आउँदा दिनमा पनि यस्तै घोषणा हुन गर्दै जानेछ’, उनले भने। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19