काठमाण्डौ । चीनमाथि यतिबेला कोरोनाभाइरससँग जोडिएका तथ्याङ्कहरु लुुकाएको भन्ने आरोपहरु लगाइएका छन् । चीनलाई विश्वका धरै देशहरुले शंकाको नजरले हेरिरहेका छन् ।
अमेरिकाले चीनलाई यो विषयमा जवाफदेहिता भएर प्रस्तुुत हुुन भनिरहेको छ । चीनविरुद्ध केवल पश्चिमा देशहरुले मात्रै नभई उसकै भूमिमा रहेको व्हिसल ब्लोअर्सले पनि आवाज उठाइरहेको छ । व्हिसल ब्लोअर्सले आवाज उठाउन थालेपछि यसका सदस्यहरुलाई सार्वजनिक स्थानहरुमा देख्न छाडिएको छ र सामाजिक सञ्जालमा समेत उनीहरु सक्रिय हुुन छाडेका छन् ।
उनीहरुलाई जबरजस्ती क्वारेन्टाइनमा राखिएको र यातना दिइएको पनि हुुनसक्ने जस्ता आरोप लाग्न थालेका छन् । व्हीसल ब्लोअर्स मध्य डाक्टर ली वेलियाङ पनि एक थिए । वेलियाङ पहिलो व्यक्ति थिए, जसले आफ्ना सहकर्मीलाई अस्पतालमा सार्स जस्तै रोगका बिरामी आएको बताएका थिए । उनको यो जानकारी अस्पतालबाट बाहिर आएपछि उनलाई प्रहरीले धम्क्याउन थाल्यो । उनीपछि कोरोना संक्रमितको उपचार गर्दा आफै संक्रमित बन्न पुुगे र यसबाटै उनको मृत्युु पनि भयो ।
अस्पतालको भयावह तस्बिर देखाउँदा जबरजस्ती क्वारेन्टाइनमा
डाक्टर लिको मृृत्युु हुुनुुभन्दा एकदिन पहिले अर्थात ६ फ्रेबुु्रअरीमा वकिल चेन कियुुषिले वुुहानको अस्पताल बाहिरको भयावह भिडियो युुटुुबमा सेयर गरेका थिए । जुुन भिडियोलाई चारलाखभन्दा धेरै मानिसले हेरेका थिए ।
यतिबेला कियुुषि पनि बेपत्ता छन् । उनको कुुनै खबर छैन । उनको परिवारले उनलाई प्रशासनले मेडिकल क्वारेन्टाइनका लागि भनेर लगेर गएको बताएका छन्, तर उनलाई कुुन ठाउँमा राखिएको छ भनेर उनीहरुले बताएनन् । गायब हुुनुुभन्दा पहिले उनले जिवित हुँुदासम्म आफूले देखेको सत्य बोलिरहने बताएका थिए । उनले आफू कम्युुष्टि पार्टीसँग नडराउने बताएका थिए ।
अस्पताल बाहिरको लासको भिडियो बनाए पछि भएका थिए, दुुई महिनादेखि गायब
व्यापारी फैंग बिनले एकदिन अस्पताल बाहिर रहेको लासहरुको भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेका थिए । बिनले यो भिडियो त्यस्तो बेला देखाएका थिए, जुुन बेला चीनले सारा विश्वलाई चीनमा कोरोना नियन्त्रणमा आएको भनेर विश्वास दिलाइरहेको थियो ।
चीनले प्रदान गर्ने आँकडाहरु सधै नै शंकाको घेरामा हुुने गर्छन र बिनको यो भिडियोले त्यसलाई थप बल प्रदान गर्ने काम गर्यो । उनले भिडियो सार्वजनिक गरेको केही दिनपछि उनलाई सुुरक्षित लुुगा लगाएका मानिसहरुले क्वारेन्टाइनमा सेन्टरमा लगेका थिए ।
वास्तवमा उनलाई त्यसरी लाने डाक्टर नभएर प्रहरीहरु थिए । बिनले प्रश्न गर्न थालेपछि उनलाई केरकार गर्न सुुरु गरियो र उनको कम्प्युुटर पनि जफत गरियो । यसको एकदिनपछि उनलाई रिहा गरियो ।
प्रहरीले फेरी अर्काे दिन उनलाई भिडियो मार्फत सरकारको आलोचना गरेको भेट्यो र भालिपल्ट उनलाई फेरी लगेर गयो र अहिलेसम्म उनी आफ्नो घरमा र सम्पर्कमा आउन सकेका छैनन् ।
लाइभ स्ट्रिमिङ गरेपछि बेपत्ता
यस्तै, हालत २५ वर्षिय रिपोटर लि जेहुुएसँग पनि भएको छ, जसले वुुहानको अवस्था बारे लाइभ स्ट्रिमिङ गरेका थिए । यसपछि उनलाई पनि सादा पोशाकमा आएका प्रहरीले उनको फ्ल्याटबाट लगेर गएका थिए । लीले वुुहानको दुुर्दशाबारे जानकारी दिएका थिए, जसका कारण त्यहाँका जनताले दुुःख पाइरहेका थिए । उनले लाइभ स्ट्रिमिङमा आफूलाई प्रहरीले इन्स्टिच्यूट अफ भाइरोलोजिबाट लेखेटिरहेको बताएका थिए । भिडियोमा उनी आफूलाई बचाउन भन्दै चिच्याइरहेका थिए । प्रयोगशालाबाट भाइरस फैलिएको भन्ने विषयबारे जानकारी लिन त्यहाँ गएको हुुनसक्ने र त्यो थाहा पाएर प्रहरीले उनलाई समातेको हुुनसक्ने अनुुमान लगाइँदैछ ।
सि माथि प्रश्न उठाउने अरबपति व्यवसायी गायब
६३ वर्षीय अरबपति व्यवसायी रेन झिकियाङले राष्ट्रपति सि चिनफिङ कोरोना संक्रमण रोक्न असफल भएको भन्ने आरोप लगाएका थिए । उनले यस्तो आरोप लगाएपछि मार्च महिनादेखि उनी देखिएका छैनन् ।
उनी कम्युुनिष्ट पाटीका निकट मानिन्छन । उनको गिरफ्तारी भएको तीन सातापछि सरकारले उनलाई कानुुन र कम्युुनिष्ट पाटीको नियम उल्लङ्घन गरेकाले हिरासतमा राखिएको जनाएको थियो ।
-एजेन्सीको सहयोगमा
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago