काठमाण्डौ । अमेरिकामा सोमबार कच्चा तेलको मूल्य १५ डलर प्रतिब्यारलभन्दा तल झरेको छ।
पछिल्लो दुई दशकमा यो कच्चा तेलको मूल्यमा सबैभन्दा ठूलो गिरावट हो। यो गिरावट कोरोनाभाइरसको संकटका कारण विश्वभर तेलको मागमा एक्कासि आएको कमी र उत्पादन कम गर्ने सम्झौताका कारण भएको विश्लेषकहरु बताउँछन्।
सोमबारको सुरुआती कारोबारका क्रममा अमेरिकी बेन्चमार्क वेस्ट टेक्सस इन्टरमिडिएट (डब्ल्यूआईटी) मा १९ प्रतिशतभन्दा धेरैले गिरावट देखिएको छ। कच्चा तेलको दाममा तीव्रगतिमा आएको गिरावटसँगै १४.७३ डलर प्रतिब्यारलसम्म झरेको छ। यद्यपि केही समयपछि बजार स्थिर हुँदै मूल्य पनि प्रतिब्यारल १५.७८ डलरमा खुम्चिन पुग्यो।
यसका अतिरिक्त अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्टमा पनि कच्चा तेलको दाममा ४.१ प्रतिशतको गिरावट आएको छ। त्यहाँ तेलको मूल्य २६.९३ डलर प्रतिब्यारलसम्म झरेको थियो। पछि मूल्य प्रतिब्यारल २८.११ डलरमा सीमित बन्न पुग्यो।
अहिले कोरोना संकटलाई ध्यानमा राखेर विश्वका अधिकांश देश लकडाउनमा छन्। यात्रामा प्रतिबन्ध गरिएको छ। जसका कारण तेलको मागमा कमी आउँदा त्यसको प्रत्यक्ष असर अन्तर्राष्ट्रिय तेल बजारमा देखिएको छ।
यसअघि धेरै समयसम्म तेल उत्पादक देशहरुको समूह ओपेकका प्रतिनिधि साउदी अबर र रुसमा तेल उत्पादन कम गर्नका लागि सम्झौता गर्न सकिरहेका थिएनन्। केही समयअघि मात्रै रुस र साउदी अरबसँग ओपेकले तेल उत्पादन कम गर्ने विषयमा सम्झौता गरेको थियो। यो सम्झौताअनुसार ओपेक र ओपेक प्लस देशहरुबीच हरेक दिन लगभग १ करोड ब्यारल तेल उत्पादन कम गर्ने सहमत भएका छन्।
यो सम्झौताका बाबजुद पनि तेल बजारमा संकट हुन सकेको छैन र मूल्यमा लगातार गिरावट आइरहेको छ।
विशेषज्ञहरुका अनुसार तेलको मागमा अचानक आएको कमीलाई तेल उत्पादन कम गर्दैमा नियन्त्रण गर्न सकिँदैन। – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago