काठमाण्डौ । विश्वभर कोरोनाको संक्रमण बढेको बढ्यै छ। विश्वभर कोरोनाबाट संक्रमित हुुनेको संख्या २७ लाखको हाराहारीमा पुुगेको छ। मृृतकको संख्या पनि २ लाख नाघिसकेको छ। 

कोरोनाको संक्रमण रोक्न लकडाउन र प्रतिबन्धहरु लागू गरिएका छन्। तर केही आवश्यकिय सेवाहरु सुुचारु गर्न भने छुुट दिइएको छ।

यसमा एटीएम सेवा पनि पर्छ। तर एटीएम पनि जोखिममुुक्त भने छैन। एटीएमका माध्यमबाट पनि कोरोना संक्रमण फैलिएको भन्ने खबरहरु आइरहेका छन्। 

भारतको गुुजरात राज्यमा एटीएम मेसिन प्रयोग गर्दा भारतीय सेनाका तिनजना जवानलाई कोरोना संक्रमण फैलिएको तथ्य बाहिरिएको छ। त्यसैले एटीएम प्रयोग गर्दा विशेष सावधानी अपनाउनुुपर्दछ। एटीएम प्रयोग गर्दा अपनाउनुुपर्ने केही सावधानीहरु यस्ता छन् –

  • एटीएम बुुथमा यदि कोहि व्यक्ती पहिलेदेखि नै मौजुुद छ र उसले एटीएम मेसिनको प्रयोग गरिरहेको छ भने बुुथ भित्र जानुु हुँदैन। बुुथ बाहिरै दूरी कायम राखेर कुुर्न पर्दछ। 
  • एटीएम बुुथमा प्रवेश गर्नुुपूर्व अथवा मेसिन प्रयोग गर्नुु अघि सेनिटाइजरको प्रयोग गर्नुुपर्दछ। प्रत्येक पटक एटीएम प्रयोग गर्दा यस्तो गर्नुुपर्दछ। 
  • एटीएम रुमका अन्य स्थानहरु छुुन बाट बच्नुुपर्दछ। 
  • यदि तपाइँलाई फ्लुुको समस्याले सताइरहेको छ भने एटीएम प्रयोगबाट गर्नबाट जोगिनुु पर्दछ। 
  • एटीएमको लाइनमा बस्दा हाछ्युुँ आए आफ्नो नाक–मुुख कुुहिनाले छोप्नुु पर्दछ। या त टिस्युु पेपरले छोप्नुुपर्दछ। लाइनमा बस्दा एक मिटरको दूरी कायम राख्नुुपर्दछ। 
  • प्रयोग गरेको टिस्युु पेपर वा मास्क एटीएम रुममा फाल्नुु हुँदैन।
  • यदि कुुनै पनि सतह छुुइए तुुरुन्तै हातमा सेनिटाइजर दल्नुुपर्दछ। 
  • एटीएमको लाइनमा बस्दा मुुख, नाक र शरीरका अन्य अंग छुुनबाट बच्नुुपर्दछ। 
  • एटीएम प्रयोग गर्न जादा अनिवार्य रुपमा मास्क प्रयोग गनुुपर्दछ। 
  • एटीएम मेसिन प्रयोग गरिसकेपछि हातलाई सेनिटाइजर वा साबुुन पानीले राम्ररी हात धुुनुु पर्दछ।