काठमाण्डौ । कच्चा तेलको कारोबारमा कति नोक्सान भयो ? यो प्रश्नको जबाफ गत २० अप्रिलमा पत्ता लाग्यो जब अमेरिकामा यसको मूल्य इतिहासमै सबैभन्दा तल प्रतिब्यारल माइनस ३८ डलरको दरमा पुग्यो। यसअघि ४० वर्षपहिले कच्चा तेलको मूल्य १० डलर प्रतिब्यारलसम्म पुगेको थियो।

पछिल्ला केही महिना कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनले बजारमा तेलको माग लगभग शून्य विन्दुमै झर्यो। किनकि मानिसहरु अत्यावश्यक कामबाहेक घरबाहिर निस्केनन्। 

कोरोनाको असर कुनै पनि वित्तीय संकट, मन्दी र युद्धभन्दा बढी परिरहेको छ। 

अहिले अमेरिकासँग यति ठूलो परिमाणमा तेल रहेको अब भण्डारण गर्ने क्षमता पनि कम हुँदै गएको छ। हुन सक्छ कि तेलको मूल्यमा ऋणात्मक नबन्न सक्छ तर आउँदा केही हप्ता वा महिनामा कोरोना संकट कम नभए त्यो अवस्था नआउला भन्न पनि नसकिने विज्ञहरु बताउँछन्। 

अमेरिकाको इन्डिपेन्डेन्ट पेट्रोलियम एसोसिएसनका अर्थशास्त्र र अन्तर्राष्ट्रिय मामिलाका उपाध्यक्ष फ्रेडिरक लरेन्सका अनुसार जुन चिज हुने आशंका गरिएको थियो त्यो समयभन्दा पहिला नै खराब स्थितिमा पुग्न सुरु गरिसकेको छ। ‘पाइपलाइन कम्पनीहरुबाट नोटिस आइसकेको छ कि अब उनीहरु कच्चा तेल लिन सक्दैनन्’, उनले भने, ‘यसको मतलब स्थिति असामान्य नरहेमा भविष्यमा तेलखानी नै बन्द गर्नुपर्ने अवस्था नआउला भन्न सकिन्न।’

उन्नाइसौँ शताब्दीको सुरुआतदेखि जुन चिज (तेल) विश्वमा व्यापारको केन्द्रीय तत्व बन्यो र अहिले पूरै विश्वमा प्रचूर मात्रा छ तर कसैले यसबारेमा सोध्नसमेत छाडिसकेका छन्। समाचार एजेन्सी रोयटर्सका अनुसार विश्वको अग्रणी तेल उत्पादन देशमध्ये एक रुसले आफूले उत्पादन गरेको तेल बजारका फिर्ता ल्याएर नष्ट गर्ने विचार गरिरहेको छ। 

उता नर्वेको एउटा ठूलो तेल कम्पनी इक्वानोरले आफ्नो त्रैमास लाभांशमा दुई तिहाइले कटौती गरेको छ। आउँदो हप्ता विश्वका ठूला तेल उत्पादक कम्पनीहरु एक्जोन मोबिल कोर्प, बीपी पीएलसी र रोयल डच शेल पीएलसीको कमाइको रिपोर्ट आउँछ। सबैले अतिरिक्त व्यय कटौती गरेको रिपोर्ट सार्वजनिक गर्ने अनुमान गरिएको छ। लगानीकर्ताको ध्यान भने यी कम्पनीहरुले आफ्नो लाभांशलाई कसरी सम्हाल्छन् भन्नेमा नजर डुलाइरहेका छन्। – एजेन्सी