nepal rastra bank
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले कोभिड १९ बाट ऋणिहरुमा परेको असर न्यूनिकरण गर्न बैंक तथा वित्तीय संस्थाले ऋणिहरुको २०७६ चैत मसान्तमा कायम ब्याजदर २ प्रतिशत विन्दूले कम गरी आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासको ब्याज रकम गणना गर्न निर्देशन दिएको छ ।
मंगलबार बैंक तथा वित्तीय संस्थाहरुलाई एक सर्कुलर जारी गर्दै केन्द्रीय बैंकले यस्तो निर्देशन दिएको हो ।
यसरी ब्याजदर गणना गर्दा आधारदर भन्दा कम गर्न बाध्यता नहुने समेत सर्कुलरमा स्पष्ट पारिएको छ ।
तर, खाद्यान्न प्रशोधन तथा बिक्री वितरणसँग सम्बन्धित व्यवसाय, ग्याँस उत्पादन तथा बिक्री वितरणसँग सम्बन्धित व्यवसाय, सोप एण्ड केमिकल्स, औषधि बिक्री वितरणसँग सम्बन्धित व्यवसाय, इन्टरनेट सेवा प्रदायक, दूरसंचार सेवा प्रदायक, टेलिभिजन सेवा प्रदायक, सूर्ति तथा मदिराजन्य उद्योग, संचालनमा रहेका जलविद्युत आयोजनाको हकमा यो व्यवस्था लागू नहुने सर्कुलरमा प्रष्ट पारिएको छ ।
यस्तै, खुद्रा कर्जा कारोबार गर्ने लघुवित्त वित्तीय संस्थाहरुले भने ऋणिहरुको चैत मसान्तमा कायम ब्याजदर ३ प्रतिशत बिन्दूले र थोक कर्जा कारोबार गर्ने लघुवित्तले २ प्रतिशत विन्दूले कम गरी चौथो त्रैमासको ब्याज रकम गणना गर्नुपर्ने निर्देशनमा उल्लेख छ ।
यस्तै, केन्द्रीय बैंकले २०७७ बैशाख र जेठ महिनामा असूल गर्नुपर्ने मासिक त्रैमासिक किस्ताहरुको भुक्तानी २०७७ असार मसान्तसम्मा हुने व्यवस्था मिलाउन समेत निर्देशन दिएको छ ।
क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले लकडाउन अवधिमा भुक्तानी गर्नुपर्ने सम्पूर्ण चालुपँुजी प्रकृतिको अल्पकालीन कर्जाहरुको साँवा तथा ब्याजको भुक्तानी अवधि ६० दिनसम्म थप गर्न सकिने सहुलियत समेत केन्द्रीय बैंकले उपलब्ध गराएको छ ।
सर्कुलर यस्तो छ:
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago