काठमाण्डौ । कोरोना संकटले केन्या कि एक महिलालाई यति गरिब बनाइदियो कि आफ्ना सन्तानलाई भुुलाउन ढुुंगा पकाउने नाटक गर्नुुपर्यो। आठ सन्तानकी ती आमाको नाम पेनिना बहाती कित्साओ हो।
पेनिना निरक्षर र विधवा छिन्। उनी मानिसहरुको कपडा धोएर आफ्नो परिवारको दैनिक गर्जो टार्दै आएकी थिइन्। तर कोरोनाको संक्रमण फैलिएपछि उनको काम ठप्प हुन पुग्यो अनि मुखमा माड लगाउने उपाय पनि सकियो।
पेनिनाका लागि गरिबी र समस्या यति धेरै बढ्यो कि आफ्ना सन्तानलाई खुुवाउन केही पनि थिएन। त्यसैले उनले आफ्ना सन्तानलाई भुुलाउन ढुंगा उमाल्ने काम सुुरु गरिन।
पेनिनाले खाना पकाएजस्तो गर्यो भने बालबालिका खानाको प्रतीक्षामा सुुत्छन् भन्ठानिन्। उनकी छिमेकी प्रिस्सा मोमानीले यो सबै घटनाको भिडियो बनाइन् अनि सामाजिक सञ्जालमा पोस्ट गरिन्।
प्रिस्सा उनको छोराछोरी रोएको सुुनेर पेनिनाको घरमा आएकी थिइन्। सामाजिक सञ्जालमा पेनिनाको दर्दनाक भिडियो भाइरल भएसँगै उनका लागि पैसा जुुटिरहेको थियो र पूरै केन्याबाट उनलाई फोन आउन थाल्यो।
पेनिनाका एक छिमेकीले उनका लागि खाता खोलिदिएकी छन्। जसमा उनका लागि पैसा जम्मा हुुन थालेको छ।
केन्याको रेडक्रसले पनि पेनिनालाई सहयोग गरेको थियो। पेनिनाले केन्याली जनता यति धेरै दयालुु छन् भनेर अन्दाज नगरेको बताइन्।
पेनिनाले यी सबै सहयोगलाई चमत्कारको संज्ञा दिएकी छन्। उनले केन्याको एउटा वेबसाइटलाई दिएको अन्तर्वार्तामा आफूसँग बालबालिबालाई भुुलाउन अन्य कुुनै विकल्प नभएकाले ढुुंगा पकाउनुु परेको पीडा सुनाएकी छन्। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19