 
                     
                                
                             
                                    काठमाण्डौ । यतिबेला कोरोनाभाइरसका कारण विश्वका सबैजसो देशहरु लकडाउनमा रहेका छन्।
विश्वभरका स्कुुल, कलेज र अन्य शिक्षण संस्थाहरु सबै बन्द अवस्थामा रहेका छन्। यस्तोमा जापानमा एउटा दीक्षान्त समारोहमा एकदमै अद्वितीय दृश्य देखिएको छ।
जापानको बिजनेस ब्रेक थुु्र टेक्नोलोजी (बीबीटी) युुनिभर्सिटीमा दीक्षान्त समारोह आयोजना गरिएको थियो। युुनिभर्सिटीले कोरोनाभाइरसबाट फैलिएको महामारीका कारण आफ्नो नियमित दीक्षान्त समारोह कार्यक्रम रद्द गर्दै विद्यार्थीहरुलाई विकल्प रोज्न दिइएको थियो। विद्यार्थीहरुलाई आफ्नो डिग्रीको प्रमाणपत्र लिन प्रतिनिधिका रुपमा रोबोटलाई पठाउन भनिएको थियो।
युुनिभर्सिटी प्रशासनबाट प्राप्त भएको विकल्पको फाइदा उठाउँदै विद्यार्थीहरुले प्रमाणपत्र लिन आआफ्ना रोबोट पठाए। चेबेडा सहरको एउटा होटलमा आयोजना गरिएको कार्यक्रममा उपकुुलपतिलगायत केही सीमित पदाधिकारीहरुमात्रै सहभागी थिए।
रोबोटले यस क्रममा विद्यार्थीको प्रतिनिधिका रुपमा प्रमाणपत्र ग्रहण थिए। कार्यक्रमलाई विद्यार्थीहरुले घरबाटै भिडियो कन्फ्रेन्सिङमार्फत लाइभ हेरेका थिए।
प्रमाणपत्र ग्रहण गर्दाखेरी सम्बन्धित विद्यार्थीको लाइभ भिडियो रोबोटमा लगाइएको ट्याबलेटमा देखाइने व्यवस्था गरिएको थियो। रोबोटको अनुुहारमा विद्यार्थीको तस्बिर लगाइएको थियो। रोबोटले एउटा हात हल्लाउन सक्थ्यो।
यो कार्यक्रमको अर्काे रोचक कुुरा के भने सबै रोबोटहरुले दीक्षात्न समारोहमा लगाइने विशेष पोसाक लगाएका थिए। – एजेन्सी
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19