काठमाण्डौ । अमेरिकी श्रम अर्थशास्त्री टेरेसा गिलारडुुस्सीले कोरोना महामारीले अवकाशप्राप्त अमेरिकी जनताको जीवन कठिन र संघर्षपूर्ण हुुने बताएकी छन्।
महामारीको प्रकोपले विशेषगरी ५० देखि ७० वर्षका उमेर समूहका अमेरिकीलाई प्रभावित पार्ने टेरेसाले बताएकी छन्। उनको आँकलनअनुुसार यो महामारीले करिब ३ करोड १० लाख पाका कामदारलाई अवकाश पछि गरिबीतर्फ धकेल्नेछ। यसका साथै उनीहरु स्वास्थ्य र ‘पे चेक’ मध्ये एउटा रोज्न बाध्य हुुनेछन्।
टेरेसाका अनुुसार अमेरिकामा अन्य उमेर समूहभन्दा पाका उमेरका जनतामा बेरोजगार दर उच्च छ। पाका उमेरका कामदार एकपटक कामबाट निस्किएपछि फेरि पुनर्बहाली हुुन निकै कठिन हुुने र अधिकांशले त सदाका लागि कामविहीन बन्नुुपर्ने हुुन सक्ने उनको ठहर छ।
यसैगरी पाका कामदारहरुले अवकाश कोष प्रयोग गर्न सक्ने, अतिरिक्त ऋण लिन सक्ने र सामाजिक सुुरक्षाका लागि अग्रिम रुपमा निवेदन दिन सक्ने सम्भावना रहेको छ। परिणामस्वरुप मध्यम वर्गीय कामदारहरु सदाका लागि गरिब बन्नुुका साथै अवकाशपश्चात गरिब सूचीमा पर्न सक्नेछन्।
अमेरिकामा विशेषगरी पुुरुष कामदारभन्दा महिला कामदारहरु बढी प्रभावित बनेका छन्। महिलामा पनि अझ पाका महिलाहरु धेरै प्रभावित बनेका छन्।
पाका उमेरका कामदारभन्दा जवान कामदारहरुले ऊर्जाका साथ काम गर्ने र उनीहरुमा तुुलनात्मक रुपमा संक्रमणको जोखिम कम हुुने भएकाले पाकाभन्दा जवान कामदारहरु पहिलो रोजाइमा परिरहेका छन्। पाका कामदारको स्वास्थ्यमा विशेष सावधानी अपनाउनुुपर्ने र उनीहरुको बसोबासमा पनि उचित ध्यान दिनुुपर्ने हुुन्छ।
टेरेसाका अनुुसार पाका उमेरका अमेरिकी कामदारले तीव्र रुपमा रोजगार गुुमाउनुुपरिहरेको छ भने कतिपयको तलबमा कटौती भइरहेको छ। कतिपयले त अवकाशपश्चातको जीवनका लागि बचतसमेत गर्ने गरेको पाइएको छैन। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19