काठमाण्डौ । विश्व बैंकले कोरोनाको महामारीले विश्वका करिब ६ करोड मानिसलाई चरम गरिबीमा धेकेल्ने प्रक्षेपण गरेको छ।

विश्व बैंकका अध्यक्ष डेभिड मालपासले कोरोनाको महामारीका कारण यो वर्ष विश्वको आर्थिक वृद्धि ५ प्रतिशतले संकुुचित हुुने प्रक्षेपण गरेका हुन्। महामारीका काराण यतिबेला विश्वका करोडौँ मानिसले काम गुुमाउनुुका साथै व्यापारव्यवसायमा पनि व्यापक गिरावट आएको छ। 

यसले विशेषगरी विश्वका गरिब देशरुलाई नराम्ररी प्रभावित पारेको छ। “विश्वका लाखौँ मानिसको जनजीवन ध्वस्त भएको छ र विश्वभरको स्वास्थ्य प्रणाली पनि कमजोर बनेको छ”, मालपासले भने, “हाम्रो अनुुमानअनुुसार विश्वका करिब ६ करोड मानिसहरु चरम गरिबीमा धकेलिने र यसले विगत ३ वर्षदेखि गरिबी उन्मुुलनमा भएका प्रगतिहरुलाई मेटाइदिनेछ।” 

एउटा व्यक्तिले  १.९० अमेरिकी डलरमा आफ्नो दैनिक गुुजारा चलाउँछ भने त्यसलाई विश्व बैंकले चरम गरिबी भनेर व्याख्या गरेको छ। यो संकटको प्रभावसँग जुुध्नका लागि विश्व बैंकले विश्वका गरिब देशहरुका लागि कम ब्याज दरमा १६० बिलियन अमेरिकी डलर प्रदान गर्ने योजना ल्याएको छ। 

अध्यक्ष मालपासका अनुुसार बैंकले विश्वको ७० प्रतिशत जनसंख्या बसोबास भएका  १०० देशलाई आपतकालीन वित्तीय सहयोग प्रदान गरिसकेको बताए। विश्व बैंकले सीमित स्रोत उपलब्ध गराए पनि यो पर्याप्त नहुुने उनको भनाइ छ। – एजेन्सी