काठमाण्डौ । कोरोनाभाइरसको प्रकोपबीच चीनले रेकर्डतोड मात्रामा सुँगुुरको मासुु आयात गरेको छ।
चीनको भन्सार विभागका अनुुसार चिनियाँ व्यापारीहरुले अप्रिल महिनामा रेकर्डतोड चार लाख टन पोर्क (सुँगुुरको मासु) आयात गरेको हो। जुुन गत वर्षको सोही महिनाको तुुलनामा लगभग १७० प्रतिशत बढी हो।
सुँगुुरको मासुु उपभोग गर्ने विश्वका शीर्ष देशहरुमध्ये चीन पनि एक हो। स्रोतका अनुुसार अहिले अन्तर्राष्ट्रिय बजारमा मासुुको मूल्य घटेकाले त्यसको फाइदा उठाउनका लागि चिनियाँ व्यापारीहरुले व्यापक मात्रामा सुँगुुरको मासुु स्टक गरिरहेका छन् ।
चीनले यो वर्षको सुुरुआती चार महिनामा करिब १४ लाख टन सुँगुुरको मासुु आयात गरेको थियो। जुुन गत वर्षको सोही अवधिको तुुलनामा १७०.४ प्रतिशत धेरै हो।
घातक अफ्रिकन स्वाइन फ्लुुले चीनको सुुँगुुर बजारलाई करिब ४० प्रतिशतसम्म कम गरेको छ। जसका कारण सुँगुुरको मासुुको घरेलुु उत्पादनमा कमी आएको छ र चीनमा सबैभन्दा बढी रुचाइने सुँगुुरको मासुुको मूल्यमा वृद्धि भएको छ।
अहिले चीनले अमेरिकालगायतका बजारबाट सुँगुुरको मासुु खरिद गरिरहेको छ। अमेरिका विश्वका सबैभन्दा कम मूल्यमा सुँगुुरको मासुु बेच्ने देशमध्ये एक हो।
कोरोनाभाइरसका कारण अमेरिकाको घरेलुु सुँगुुर बजारमा मासुुको मूल्य प्रभावित बनेको छ। तथापि चीनमा पनि फेबुु्रअरी महिनाको सुुरुआतपछि सँुगुुरको मासुुको मूल्यमा निरन्तर कमी आइरहेको छ। तर पनि यो एक वर्षअघिको मूल्यभन्दा अझै दोब्बर नै रहेको छ।
अब आउने दिनहरुमा अमेरिकामा सुँगुरको मासुुको मूल्य बढे पनि चीनमा हुुने निर्यातमा असर पर्ने विश्वास गरिएको छ। जब कि चिनियाँ सँुगुरको मासुुको मूल्य अहिले पनि कमजोर घरेलुु मागका कारण घटिरहेकै छ। यसका साथै चीनले अप्रिल महिनामा १ लाख ६० हजार टन गाईको मासुु पनि विदेशबाट आयात गरेको थियो। जुुन गत वर्षको तुुलनामा २८ प्रतिशत बढी हो।
चिनियाँ भन्सार विभागका अनुुसार यो वर्षको पहिलो चार महिनामा चीनमा मासुुको आयात ५४ प्रतिशतबाट बढेर ६ लाख ८० हजार टन पुुगेको छ। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19