काठमाण्डौ । भारतको सबैभन्दा ठूलो व्यावसायिक घराना रिलायन्स इन्डस्ट्रिज समूहमा भविष्यका लागि उत्तराधिकारीको खोजी सुरु भएको छ। 

खबरका अनुसार यसका लागि कम्पनीका मालिक मुकेश अम्बानी ‘फेमेली काउन्सिल’ बनाउने तयारीमा छन्। यो काउन्सिलमा अम्बानीले आफ्ना तीन सन्तान आकाश, अनन्त र ईशा अम्बानीलाई पनि राख्छन्। यीमध्ये एक यो घरानाको उत्तराधिकारी हुनेछन्। 

यसैगरी यो काउन्सिलमा एकजना बाहिरी व्यक्ति पनि हुनेछन्। जसले मेन्टर तथा सल्लाहकारको भूमिका निर्वाह गर्नेछ। काउन्सिलमा अम्बानीले आफ्ना सन्तानसँग आफ्नो घराना र कम्पनीको स्तरबारे स्पष्ट कुरा राख्ने बताइएको छ। 

वास्तवमा मुकेश अम्बानीको यो योजनाको पछाडि एउटै कारण छ– त्यो हो पछि उत्तराधिकारीका विषयमा आपसी विवाद नहोस्। किनकि यस्तो पारिवारिक झमेला अम्बानी परिवारले व्यहोरिसकेको छ। 

कम्पनीको स्थापना गर्ने धीरुभाइ अम्बानीको निधनपछि छोराहरु मुकेश र अनिल अम्बानीबीचको विवाद भएको थियो। जुन सारा विश्वले देखेको थियो छ। अहिले यी दुवै भाइ अलग छन्। 

त्यसैले त्यस प्रकारको परिस्थिति फेरि अम्बानी परिवारमा नआओस् भन्ने उद्देश्यले मुकेश अम्बानीले यो काउन्सिल गठन गर्न लागेको बुझिएको छ। जसमा मुकेश अम्बानीले आफ्ना तीनैजनालाई सन्तानसँग यो काउन्सिलमार्फत परामर्श गरेर सबै कुरा प्रस्टसँगै राख्न र बुझ्ने मौका पाउनेछन्। यो काउन्सिलमा आकाश, अनन्त र ईशा अम्बानीलाई बराबर हैसियत प्रदान गरिने भारतीय सञ्चारमाध्यमहरु बताउँछन्। 

मुकेश अम्बानीको यो योजनाको पछाडि भविष्यमा पनि सरल तरिकाले कारोबारलाई सञ्चालन गर्ने उद्देश्य रहेको बताइएका छ। जसअनुसार भविष्यमा कारोबार बिना पारिवारिक झन्झट चलिरहोस् भन्ने चाह मुकश अम्बानीको रहेको छ। 

हाल ६३ वर्षीय मुकेश अम्बानी विश्वका चौथो धनाढ्य व्यक्ति हुन्। उनको सम्पत्ति ८० अर्ब डलरभन्दा धेरै छ। – एजेन्सी