काठमाण्डौ । भारत र अष्ट्रेलिया बीचको क्रिकेट विश्वकपले भारतको हवाई उद्योगमा आश्चर्य लाग्ने खालको काम गरेको छ ।

उक्त दिन हवाई यातायातमा उल्लेख्य ट्राफिक बढेको थियो भने एक दिनमा नै हवाई मार्गबाट ४.६ लाख घरेलु यात्रुले यात्रा गरेका थिए ।यसले एतिहासिक रेकड पार गरेको छ । यसका साथै यो तथ्यांक दिपावलीको मुख्य दिनभन्दा पनि धेरै भएको बताइएको छ । एक तथ्यांक अनुुसार यो दिनमा भएको यात्रा संख्या अहिलेसम्मकै ठूलो संख्याको घरेलु यात्रुको हो ।

प्रतियोगिता अवधिभर विशेषगरी क्रिकेट खेल भएको सहरमा हवाई उडानको भाडा बढेको थियो । हवाई कम्पनीहरुले प्रतियात्रु भाडा मात्रै ८० हजार भारु कायम गरेका थिए । खेल अवधि भर चार्टर उडान पनि धेरै भएका थिए । यात्रुको चाप बढेसँगै विभिन्न स्थानका विमानस्थलको आम्दानी पनि बढेको छ । 

विश्वकपले बजारमा चलहलपहल बृद्धि हुनुको साथै व्यापारिक कारोबार पनि बढेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।क्रिकेट विश्वकपले हवाई कम्पनी सञ्चाकलमा थप उत्साह थपेको बताइएको छ ।

प्रतियोगिता जारी रहँदा मुम्बई बीमानस्थलमा शनिबार र आइतबार ठूलो हवाई ट्राफिक भएको थियो । केन्द्रीय मन्त्ती ज्योतिरादित्य सिन्धियाले सामाजिक सञ्जाल  एक्समा विचार पोष्ट गर्दै हवाई यातायातले पछिल्ला दिनमा अहहिलेसम्मकै रेकर्ड तोडेको उल्लेख गरेका छन् ।उनले क्रिकेट प्रतियोगिताले देशको अर्थतन्त्रमा ठूलो पुर्‍याएको भन्दै हवाई उद्योगका लागि राम्रो उपलब्धि भएको पनि बताएका छन् ।

मुम्बई बीमानस्थलबाट मात्रै गत आइतबार १ लाख ६१ हजार ७६० यात्रुले यात्रा गरेका थिए ।त्यसो त विभिन्न बीमानस्थल हुँदै शनिबार ४ लाख ५६ हजार ७४८ जना र आइतबार ४ लाख ५६ हजार ९१०जना घरेलु हवाई यात्रु प्रतियोगितामा सहभागी थिए ।भारत तथा अष्ट्रेलिया बीच आइतबार भएको फाइनल खेलमा सडक,रेलमार्गबाट पनि दर्शकहरु सहभागी थिए । भारतमा केहि वर्षयता क्रिकेट खेललाई खेलमात्रको रुपमा मात्र नलिएर अर्थउत्सवको रुपमा लिने गरिएको छ ।

विश्वकप क्रिकेट प्रतियोगिता २०२३ गत अक्टोबर ५ बाट सुरु भएको प्रतियोगितामा आन्तरिक तथा बाह्य पर्यटकको भीड  थियो । विश्वकप क्रिकेटले सर्वसाधारणमा उत्साहमात्र हैन् भारतको कुल गार्हस्थ उत्पादन(जीडीपी) मा ठूलो बृद्धि गरेको छ । त्यहाँका कतिपय अर्थशास्त्रीहरूले यस सम्बन्धमा एक अध्ययन रिपोर्ट नै जारि गरेका छन् ।

क्रिकेट विश्वकप- २०२३ ले भारतको जीडीपीमा करिब २२० अर्ब डलर अर्थात् २२ हजार करोड भारु टेवा पुर्‍याउने अनुमान  छ । विश्वकप आयोजनाबाट उड्डयन उद्योग, आतिथ्य क्षेत्र, होटल, खाद्य उद्योग, डेलिभरी सेवालाई फाइदा पुगेको छ ।प्रतियोगितामा अष्ट्रेलिया विजयी भएको थियो । -एजेन्सी