-अर्जुन तिमिल्सिना 
काठमाण्डौ । हामीले सँधैको साता जस्तै आज पनि लगानीकर्ताको विचार सुन्ने र बुझ्ने कार्यलाई निरन्तरता दिएका छौं ।

आज तमू ल्होसारको कारण सरकारले सार्वजनिक विदा दिएको छ । यो दिन धितोपत्र कारोबार पनि नहुने भएकाले हामीले लगानीकर्ताहरुको विचार क्लबहाउसबाट लिएका छौं । क्लबहाउसमा बोल्दै चापागाई थरका एक जना लगानीकर्ताले ठूला र महँगा कम्पनीमा लगानी जोखिम हुने बताए

उनका अनुसार ठूला र महँगा कम्पनी घट्दा एकैपटक ठूलो रुरकममा घट्ने जोखिम हुन्छ । यसले साना लगानीकर्तालाई कहिले काहिं ठूलो क्षति पु र्‍याउँछ ।
 

क्लबहासमा बोल्दै अर्का एक जना लगानीकर्ताले चाहिं हाथवे इन्भेष्टमेन्ट नेपाल कम्पनी अझै बढ्ने बताए । उनी भन्छन्, ‘यो कम्पनी अझै उड्छ है । बिक्री गर्न हतार नगरौं ।’

अरुण नाम गरेका लगानीकर्ताले बजार बढेयता केहि कम्पनीमा त्रुटी भएको  पनि आरोप लगाए । उनले कम्पनीको नाम नै तोकेर  गोर्खा फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक र रिलायान्स फाइनान्समा त्रुटी भएको आरोप लगाए ।

अर्का एकजना लगानीकर्ताले चिलिमे हाइड्रो जस्ता हाइ क्याप भएका कम्पनी लगानीको लागि उपयुक्त  भएको सुझाव दिएका छन् ।

अरुण नाम गरेका लगानीकर्ताले सेयरबजारको अनलाइन  सेवा प्रदायक एसएसप्रोले सबै सूचीकृत कम्पनीहरु नदेखाएको आरोप लगाए । क्लबहाउसमा लक्ष्मी नाम गरेका अर्का एकजना लगानीकर्ताले सेयर खेलाडी नामक अनलाइन सेवा प्रदायकमा नि : शुल्क डेटा आवश्यक रहेको बताए ।

क्लबहाउसमा कतिपय लगानीकर्ताले अर्थमन्त्री डा प्रकाशशरण महतको आलोचना गरेका छन् । ती मध्ये एक जनाले देशको अर्थतन्त्र सुधार गर्न नसकेको भन्दै अर्थमन्त्रीको आलोचना गरे ।

एक महिला लगानीकर्ताले चाहिं अब सेयर बजार कता जाला त भनेर प्रश्न गरिन् । उनलाई जबाफ दिंदै एक पुरुष लगानीकर्ताले बजार २ हजार ३०० विन्दुसम्म पुग्ने बताए। उनले भने, ‘अब लगातार बजार बढ्छ ।’
उनलाई जबाफ दिंदै अर्की महिला लगानीकर्ताले भनिन्, ‘अस्ति प्रधान्मन्त्री पुष्पकमल दाहाल बोल्दा त बजार बढेन, अब के बढ्ला र ?’
उनीलाई जबाफ दिंदै अर्का चतुर पुरुष लगानीकर्ताले सोमबार सेयर बेचेर ‘कुलेलाम’ भाग्ने बताए । गफाडी नाम गरेका अर्का लगानीकर्ताले चाहिं २ हजार २५० बजार कटेपछि २ हजार ५०० पुग्ने बताए ।

माउण्टेन नाम गरेका लगानीकर्ताले अबका दिनमा सेयर होल्ड गर्नेले जित्ने बताए । 

‘माथि माथि महंगोमा सेयर किन्नेले ‘टोपी लाउने’ हो । किन्न नजाने यो बुल पनि फुत्कन्छ । छुटेकोले क्लबहाउसमा रोइलो मात्रै  गर्ने हो ।

अहिले सेयर खरिद गरे चार गुणा हुन्छ’, ती लगानीकर्ताले भने, ‘अब त एक कित्ता पनि बेच्ने होइन,त्यसपछि भने गाडी, जग्गा र घर किन्ने हो । त्यसपछि  तीन वर्ष पछि मात्रै किन्ने हो ।

क्लबहाउसमा रोइलो गर्ने भनेको त ३ हजार २०० विन्दुमा बेच्न नसक्नेले हो ।’उनले सोधे, ‘कसो साथिहरु हो ?’
 

उनलाई समर्थन गर्दै अन्य लगानीकर्ताले भने,  ‘सही हो, सही हो । गर्नै नै यही हो ।’ एक खुरापाति नाम गरेका लगानीकर्ताले भने, ‘ट्रेडरले गुमाउने हो । यो बेला किनेर थुपार्ने समय हो ।’
 

अर्का लगानीकर्ताले भने हरेक बुलमा कुनै न कुनै कम्पनी राम्रै चल्छन् कुनै त फिटिक्कै नचल्ने पनि बताए । क्लबहाउसमा चापागाइ नाम गरेका लगानीकर्ताले २०० रुपैयाँ तल मूल्य भएका ‘लो क्याप’ कम्पनी किन्न सुझाव दिए ।

उनले भने, ‘महँगोमा ३०० रुपैयाँसयसम्मको मात्रै किन्नु पर्छ, अब धेरै चञ्चल गर्नु आवश्यक छैन । अरुको भरमा र लहडमा सेयरबजारमा चल्न नहुने ती लगानीकर्ताहरुको भनाइ  थियो ।