काठमाण्डौ । नेपाल क्लियरिङ्ग हाउसको ११९औं संचालक समितिको बैंठकले फाइनान्स कम्पनीहरुका तर्फबाट रिलायन्स फाइनान्स लिमिटेडका डेपुटी प्रमुख कार्यकारी अधिकृत समाजप्रकाश श्रेष्ठलाई संचालक पदमा नियुक्त गरेको छ ।

यसअघि संचालक रहेका संचालक सुनिल पन्त आफ्नोे बैंकको प्रमुख कार्यकारी अधिकृतमा पदोन्नति भएपछि नेपाल क्लियरिङ्ग हाउसको उक्त संचालक पद रिक्त थियो ।

नेपालक्लियरिङ्ग हाउस लिमिटेडको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकका तर्फबाट १ जना, वाणिज्य बैंक तर्फबाट ३ जना, विकास बैंक, फाइनान्स कम्पनी र स्मार्ट च्वाइस टेक्नोलोजिजबाट क्रमशः एक एकजना गरी जम्मा ७ जनाको प्रतिनिधि रहने व्यवस्था रहेको छ ।