– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भएको छ। जसमा बजार ३ दिन घट्यो भने २ दिन बढेको छ। 

अघिल्लो साता २०८९.८४ मा बन्द भएको बजार यो साता २०६५.०५ मा बन्द भएको छ। यस हिसाबले यो साता बजार २३.६९ अंकले घटेको छ। अघिल्लो साता बजारमा ३६.६४ अंकको गिरावट आएको छ। 

यो साता बजारमा १० अर्ब ८० करोड रुपैयाँको कारोबार भएको छ। अघिल्लो साता ९ अर्ब ८८ करोड रुपैयाँको कारोबार भएको थियो। यस हिसाबले यो साता अघिल्लो साताको तुलनामा बजार घटे पनि कारोबार भने करिब १ अर्ब रुपैयाँले बढेको छ। 

यो साता बजार पुँजीकरण ३० खर्ब ६१ अर्ब रुपैयाँ पुगेको छ। यो साता तीन कम्पनीको सेयर लिस्टिङ हुँदा बजार घटे पनि अघिल्लो साताको तुलानामा बजार पुँजीकरण भने बढेको हो। 

प्राविधिक पक्ष 

इलिअट वेभका आधारमा

यो सातासम्म बजार लगातार ३ साता घटेको छ। साप्ताहिक रुपमा ३ साताअगाडि सुटिङ स्टार बनेर खस्न सुरु गरेको बजारले यो साता २००० मा सपोर्ट लिएर ह्याम्मर क्यान्डल बनाएको छ। यसले बजार घट्न रोकिएको मान्न सकिन्छ। तर, यसको कन्फर्मेसनका लागि भने बजार आगामी कारोबारमा २१०० भन्दा माथि बन्द हुनुपर्ने देखिन्छ। करिब २१४० बाट खस्न सुरु गरेको बजार यो साता डिमान्ड जोन २००० मा सपोर्ट लिएर २०६० मा बन्द भएको छ। 

यो साताको बजारलाई सानो टाइम  फेरेम अर्थात् इलिअट वेभको माइनरभित्रको मिनेटको वेभ २ को ए, बी र सी बनाउँदै २००० मा सकिएको हुनुपर्छ। यदि २००० कै विन्दुमा यो चक्र सकिएको हो र अबको कारोबार  २०४८ भन्दा माथि–माथि नै टिकेर कारोबार हुन्छ भने मिनेट डिग्रीको ३ भित्रको वेभ १ करिब पुनः २२६० आसपास पुग्न सक्छ। त्यसपछि मात्रै पुनः ए, बी र सी करेक्सन हुन सक्छ।

वैकल्पिक रुपमा यदि बजार पुनः २००० भन्दा तल झरेर १९६० मा पनि सपोर्ट लिँदैन भने यो गणना सबै इन्भ्यालिड हुन जान्छ र बजारमा क्वार्टरल बटमको अस्वस्था आउँछ । यस्तो भएमा बजार पुनः १८०० मै सपोर्ट लिन पनि आउन सक्छ। हालका लागि त्यो सम्भावना भने निकै कम देखिन्छ। (माथि मुख्य तस्बिरमा हेर्नुहोस्)

बोलिंगर, म्याक्डी र आरएसआईका आधारमा 

बजारलाई साप्ताहिक रुपमा बोलिंगर ब्यान्डमार्फत हेर्दा ३ सातापहिले सुटिङ स्टार बनेर खसेको बजारमा यो साता भने बोलिंगरको मध्य ब्यान्डमा ह्याम्मर स्टिक क्यान्डल बनेको छ। यसले बजार घट्न रोकिएको देखिन्छ। 

साप्ताहिक रुपमै बजारलाई म्याक्डीमार्फत हेर्दा ३ सातादेखि हिस्टोग्राम सकारात्मक भए पनि फिक्का भएका छन्। तर, बियरिस क्रसओभर भने भइसकेको अवस्था होइन। 

साप्ताहिक रुपमै बजारालाई आरएसआईमार्फत हेर्दा यसअघिको प्रतिरोधको विन्दु ६० बाट खसेर पुनः हाल ५० को न्युट्रल जोनमा रहेको छ। 

पिभट प्वइन्टका आधारमा 

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ। 

बढेमा प्रतिरोध 

  • प्रतिरोध ३ –२२०८
  • प्रतिरोध २ –२१७३
  • प्रतिरोध १– २१३१

पिभट प्वइन्टः २०९६

घटेमा सपोर्ट 

  • सपोर्ट १– २०५५
  • सपोर्ट २– २०२०
  • प्रतिरोध ३ –१९७८

निष्कर्ष

आगामी भदौ २ गते बजारले अहिलेसम्मकै उच्च बिन्दु ३२०० बनाएको २ वर्ष हुँदैछ। त्यहाँबाट खसेको बजारले यसबीचमा १८०० देखि २२०० सम्म ३ पटक टप र ३ पटक बटम लगाइसकेको छ। यो साता २००० बाट फर्केको बजार २०६६ मा बन्द भएको छ। बजार यदि पुनः करेक्सन भएर १८०० आउँछ भने त्यो क्वार्टरल बटम हुन जान्छ। बजारको पछिल्लो अवस्था हेर्दा क्वार्टरल बटमको सम्भावना निकै कम देखिन्छ। किनकि बजारले जहिले पनि टाइम करेक्सन र प्राइस करेक्सन लिएको हुन्छ। टाइमको हिसाबले हेर्दा बजारले २ वर्षको करेक्सनको समयावधि लिइसकेको छ। 

त्यसैगरी प्राइसको हिसाबले पनि बजार ३२०० बाट खसेर १८०० सम्म आएको छ। यसका साथ बजारलाई इलिअट वेभमार्फत हेर्दा पनि इन्टरमिडियट र माइनर दुवैको थ्री अफ थ्री चल्ने सम्भावना रहन्छ। यो भनेको बजर पुनः १८०० तर्फ नभएर ३२०० तर्फ लाग्ने हो। 

भलै स्टक मार्केटमा सबै विकल्प खुला रहने भएकोले क्वार्टरल बटमलाई पूर्ण रुपमा नकार्न सकिँदैन। तर, सम्भावना निकै कम छ। 

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।