काठमाण्डौ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म नेपाल फाइनान्स लिमिटेडले घाटा व्यहोरेको छ।

आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले ३९ लाख ५ हजार रुपैयाँ खुद घाटा व्यहोरेको हो। गत वर्ष यही अवधिसम्म भने कम्पनीले २ करोड २७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

कम्पनीको वितरणयोग्य मुनाफाबाट पनि ३९ लाख ५ हजार रुपैयाँले ऋणात्मक भएको छ। 

समीक्षा अवधिसम्म कम्पनीको सञ्चालन घाटा पनि ६९ लाख ५४ हजार रुपैयाँ रहेको छ। गत वर्ष यही अवधिसम्म कम्पनीले २ करोड २७ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ। 

कम्पनीले खुद ब्याज आम्दानीबापत १९ लाख २१ हजार आर्जन गरेको छ। यस्तो आम्दानी गत वर्ष १ करोड ४३ लाख रुपैयाँ रहेको थियो। 

दोस्रो त्रैमासमा कम्पनीले २० करोड ५९ लाख रुपैयाँ निक्षेप संकलन गरी ८ करोड ८९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले २१ करोड ३ लाख रुपैयाँ निक्षेप संकलन गरी ३ करोड ७१ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

समीक्षा अवधिमा कम्पनीकाले रिजर्भको आकार पनि ११.५८ प्रतिशतले घटेर २१ कोड ५२ लाख रुपैयाँ सीमित बनेको छ। गत वर्ष रिजर्भमा २४ कराड ३४ लाख रुपैयाँ थियो। 

समीक्षा अवधिमा कम्पनीको खराब कर्जा ९४.६१ प्रतिशतबाट घटेर ४१.०७ प्रतिशतमा झरेको छ। सीडी रेसियो भने ६०.६८ प्रतिशतबाट घटेर २७.४१ प्रतिशतमा झरेको छ। 

कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी ३.५४ रुपैयाँ, पीई रेसियो ९२.६८ गुणा र प्रतिसेयर नेटवर्थ ११४.६४ रुपैयाँ रहेको छ।