काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
संस्थाले समीक्षा अवधिसम्म २६ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिसम्म तुलनामा ३७.२५ प्रतिशतले कम हो। गत वर्ष यही अवधिसम्म संस्थाले ४२ करोड १९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
यो अवधिसम्म संस्थाको सञ्चालन मुनाफा ३७.२५ प्रतिशतले घटेर ३७ करोड ८२ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिसम्म यस्तो मुनाफा ६० करोड २७ लाख रुपैयाँमा थियो।
संस्थाको खुद ब्याज आम्दानी ४.८७ प्रतिशतले घटेर ७९ करोड ८६ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिसम्म यस्तो आम्दानी ८३ करोड ५२ लाख रुपैयाँ रहेको थियो।
समीक्षा अवधिमा संस्थाले ९ अर्ब ९ करोड रुपैयाँ सापटी लिई २३ अर्ब २४ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले ९ अर्ब ४८ करोड रुपैयाँ सापटी लिई २३ अर्ब ३७ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।
चुक्तापुँजी १ अर्ब ३ करोड रुपैयाँ संस्थाले रिजर्भको १०.३२ प्रतिशतले बढाएर ८५ करोड २८ लाख रुपैयाँको उचाइमा पुर्याएको छ। गत वर्ष रिजर्भमा ७७ करोड २३ लाख रुपैयाँ रहेको थियो।
संस्थाको खराब कर्जा अनुपात (एनपीएल) बढेर २.८३ प्रतिशत पुगेको छ। गत वर्ष यही अवधिसम्म एनपीएल ०.७५ प्रतिशतमा सीमित थियो।
संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) ६३.०९ प्रतिशतले घटेर ५१.२० रुपैयाँ झरेको छ। गत वर्ष यही अवधिसम्म ईपीएस १३८.७१ रुपैयाँ थियो। पीई रेसियो ५९.३४ गुणा र प्रतिसेयर नेटवर्थ २९४.६९ रुपैयाँ रहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19