काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।
समीक्षा अवधिमा संस्थाले १४ करोड ३० लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले ३ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
समीक्षा अवधिमा संस्थालाई १४ करोड ३३ लाख रुपैयाँ सञ्चालन घाटा भएको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले ४ करोड ६५ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको थियो।
पहिलो त्रैमासमा संस्थाले ४३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो आम्दानी ४८ करोड रुपैयाँ थियो। यो हिसाबले खुद ब्याज आम्दानी पनि १४.४१ प्रतिशतले घटेको हो।
पहिलो त्रैमासमा संस्थाको खराब कर्जा अनुपात (एनपीएल) बढेर १२.३५ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा एनपीएल ७.१४ प्रतिशत थियो।
एनपीएल बढेसँगै संस्थाले छुट्याउने इम्पेयरमेन्ट चार्ज पनि बढेर ३८ करोड ८० लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो चार्ज २६ करोड ९२ लाख रुपैयाँ थियो।
खराब कर्जा बढेर इम्पेयरमेन्ट चार्ज चुलिँदा संस्था घाटामा गएको देखिन्छ।
चुक्तापुँजी २ अर्ब ६१ करोड रुपैयाँ संस्थाको रिजर्भको आकार ०.०२ प्रतिशतले बढेर १ अर्ब ८३ करोड ४२ लाख रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा १ अर्ब ८३ करोड ३९ लाख रुपैयाँ रहेको थियो।
समीक्षा अवधिमा संस्थाले १९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २३ अर्ब २९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले १९ अर्ब ११ करोड रुपैयाँ निक्षेप संकलन गरी २४ अर्ब ३७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।
वार्षिकीकृत संस्थाको ईपीएस ५.४७ रुपैयाँले ऋणात्मक भएको छ। अघिल्लो वर्ष ईपीएस १.४८ रुपैयाँ थियो। संस्थाको प्रतिसेयर नेटवर्थ १६६.६७ रुपैयाँ रहेको छ।
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago