काठमाण्डौ । यूनाइटेड फाइनान्सको आर्थिक वर्ष २०७३/७४ मा खूद नाफा घटेको छ । अघिल्लो वर्षको यही अवधिमा १३ करोड ८७ लाख रहेको नाफा खुम्चिएर ११ करोड ६९ लाखमा सीमित बन्न पुुगेको हो । 

यो कम्पनीको कर्मचारी खर्च तथा अन्य संचालन खर्च समेत बढेको छ । खर्च बढेकै कारण नाफामा गिरावट आएको देखिएको छ । 

अघिल्लो वर्ष १५ करोड ७५ लाख रहेको संचालन नाफा घटेर यो वर्ष १२ करोड ६६ लाखमा सीमित बन्न पुुगेको छ । फाइनान्सले खूद ब्याज आम्दानीतर्फ भने सामान्य मात्र प्रगति गरेको छ । अघिल्लो वर्ष २३ करोड २४ लाख रहेको यस्तो आम्दानी केही बढेर समीक्षा अवधिमा २४ करोड ३० लाखको उचाईमा पुुगेको छ । 

यो अवधिमा यूनाइटेड फाइनान्सले ५ अर्ब ४४ करोड निक्षेप संकलन गरी ४ अर्ब ६८ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा ४ अर्ब ५४ करोड निक्षेप संकलन गरी ३ अर्ब ९६ करोड कर्जा परिचालन गरेको थियो । 

अघिल्लो वर्ष २६ करोड ३५ लाखमा सीमित जगेडाकोष बढेर २८ करोड ६९ लाखको उचाईमा पुुगेको छ । हाल यो कम्पनीको चुक्तापूँजी ६७ करोड २७ लाख रुपैयाँ रहेको छ । 

समीक्षा अवधिमा यो फाइनान्सको प्रतिसेयर आम्दानी १७.३९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १४२.६५ रुपैयाँ र मूल्य आम्दानी अनुपात १४.०९ गुणा कायम भएको छ ।