काठमाण्डौ । किसान माइक्रोफाइनान्सले खूद नाफा १०९.६४ प्रतिशतले वृद्धि गरेको त्रैमासिक रिपोर्ट सार्वजनिक गरेको छ।
यो अवधिमा चुक्तापूँजी १२४.४९ प्रतिशतले बढेका कारण वार्षिकीकृत प्रतिसेयर आम्दानी भने ६.६२ प्रतिशतले घटेर १९.७१ रुपैयाँमा सीमित बन्न पुगेको छ ।
किसानले अधिकांश सूचकमा राम्रो प्रगति गरेको देखिएको छ ।
चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा संचालन मुनाफा १३७.०७ प्रतिशतले बढाएर १ करोड ८५ लाखको उचाई चुमाएको छ भने खूद ब्याज आम्दानीमा ५०.८५ प्रतिशतले वृद्धि गरी ५ करोड ४९ लाख पुर्याएको छ।
समीक्षा अवधिमा कम्पनीले ३४ करोड ४५ लाख निक्षेप संकलन गरी तथा ९८ करोड ६० लाख सापटी लिएर १ अर्ब ३९ करोड बढी कर्जा परिचालन गरेको छ ।
अघिल्लो वर्षको यही अवधिमा २३ करोड ३६ लाख निक्षेप संकलन गरी तथा ७६ करोड ३८ लाख सापटी लिएर ९७ करोड बढी कर्जा परिचालन गरेको छ।
यो अवधिमा कम्पनीको रिजर्ब भने ४ करोडबाट घटेर २ करोड ३४ लाखमा सीमित बन्न पुगेको छ ।
अघिल्लो वर्षको यही अवधिमा २.४८ प्रतिशतको अनुपातमा रहेको कम्पनीको खराब कर्जा घटेर १.३७ प्रतिशतमा सीमित भएको छ भने १०.५८ प्रतिशत रहेको कस्ट अफ फण्ड ९.१२ प्रतिशतमा सीमित भएको छ ।
यो अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ १२६.०६ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४२.१६ गुणा कायम भएको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19